२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

साउने झरीकाबीच ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’को तयारी तीव्र, यसरी सजाइँदैछ स्टलहरू (तस्बिरहरू)


सञ्चार डबली
  • मंगलबार, साउन २६ २०८३
  • 3.3K
    SHARES

  • images
    साउने झरीकाबीच  ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’को तयारी तीव्र, यसरी सजाइँदैछ स्टलहरू (तस्बिरहरू)

    काठमाडौँ / साउने झरीकाबीच काठमाडौँको भृकुटिमण्डपमा मंगलबारदेखि सुरु हुने ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’को अन्तिम तयारी चलिरहेको छ । ५२ स्टल रहने एक्स्पोमा दुईपांग्रे र चारपांग्रेतर्फ ४७ नयाँ ब्रान्ड तथा मोडल सार्वजनिक गरिने बताइएको छ । एक्स्पोमा २० लाखदेखि साढे ३ करोड रुपैयाँसम्मका विद्युतीय सवारीसाधन प्रदर्शनीमा राखिनेछन्। 

    Naima byd.JPG

    नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा चारपाङ्ग्रेतर्फ हुन्डाई,फोर्थिङ, बिवाइडी, लिपमोटर, जिकर, म्याक्सस, प्रोटोन, टाटा, टोयटा, ओमोडा, एमजी पारामाउन्ट मोटर्स, किंया, एमजी–गो अटोमोबाइलस्, निसान, केआईए, ग्रेटवाल मोटर्स, हेन्री, भोल्टर्स, होन्री बोमा, आईकारू, केआईए, एन्ड जेको, प्युजिवट र विलिङ ब्राण्ड सहभागी हुनेछन् । 

    nima.JPG

    त्यस्तै, दुईपाङ्ग्रेतर्फ होन्डा, अथर, बजाज, टिभिएस, याडिया, सीएफ मोटोरजिन्हो, गर्रो, होन्डा, केरेन, केटीएम, मोरबीडेल्ली, एनआईयू, प्युगोट एन्ड बीजीएस, रोयल इन्फिल्ड, सुजुकी, ट्रायम्फ, अल्टाभ्वाइलेट, जेटएक्स मोटोरसीएक्सलगायता ब्राण्ड छन् । 

    Naima mahindr.JPG

    कमर्सियल सवारीसाधन स्काइवर्थ, चेरी वान्डा, कारी र किंटोन ब्रान्डहरू सहभागी हुनेछन् । लगायतका ब्रान्ड सहभागी हुँदैछन्।

    Naima3.JPG

    आयोजकका अनुसार एक्स्पोमा सवारीसाधन प्रदर्शनीसँगै ब्याट्री पुनः प्रयोग, वित्तीय तथा बीमा सेवा, प्रत्यक्ष वैदेशिक लगानी र युवा उद्यमशीलतासम्बन्धी कार्यक्रमसमेत हुनेछन्।

    naima nishan.JPG

    एक्स्पो अवलोकनका लागि सामान्यतर्फ २०० र विद्यार्थीका लागि १०० रुपैयाँ टिकट तोकिएको छ। एक्स्पो स्थलमै टिकट खरिद गर्दा ५० प्रतिशत छुट तथा क्यूआर भुक्तानीमा क्यासब्याकको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend