२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

कम तौलको ग्यास बिक्री गर्ने उद्योगलाई २ लाख ९० हजार जरिवाना


सञ्चार डबली
  • सोमबार, साउन २५ २०८३
  • 1.6K
    SHARES

  • images
    कम तौलको ग्यास बिक्री गर्ने उद्योगलाई २ लाख ९० हजार जरिवाना

    काठमाडौं । मोरङमा उपभोक्ता ठगी गर्ने ग्यास उद्योग र अनुगमनमा सहयोग नगर्ने व्यापारिक फर्ममाथि कारबाही गरिएको छ।

    जिल्ला प्रशासन कार्यालय मोरङले बजार अनुगमनका क्रममा कैफियत भेटिएपछि बुढीगंगा गाउँपालिका–४ मा रहेको कोशी ग्यास उद्योग प्रालिलाई २ लाख ९० हजार रुपैयाँ जरिवाना गरेको हो।

    अनुगमनका क्रममा उद्योगमा रहेका रिफिल गरिएका १४३ सिलिन्डरमध्ये ६४ वटाको तौल परीक्षण गर्दा एउटा सिलिन्डरमा १३.७४५ केजी मात्रै ग्यास भेटिएको थियो। अन्य सिलिन्डरको औसत तौलसमेत तोकिएको मापदण्डभन्दा कम पाइएको प्रशासनले जनाएको छ।

    उद्योगले प्रयोग गर्ने खाली सिलिन्डरको तौलसमेत तोकिएभन्दा बढी देखिएपछि उपभोक्तालाई कम ग्यास दिएर ठगी गरेको पुष्टि भएको प्रशासनको भनाइ छ। अनुगमनकै दिन अत्यावश्यक सेवाअन्तर्गत पर्ने ग्यास उद्योग बन्द रहेको पाइएपछि थप कानुनी प्रक्रिया अघि बढाइएको छ।

    यस्तै, विराटनगर महानगरपालिका–७ स्थित श्रीकृष्ण ट्रेडर्सलाई अनुगमनमा सहयोग नगरेको भन्दै ११ हजार रुपैयाँ जरिवाना गरिएको छ।

    जिल्ला प्रशासन कार्यालय मोरङले एलपी ग्यास वितरण प्रणाली व्यवस्थित बनाउन र उपभोक्ता हित संरक्षणका लागि बजार अनुगमनलाई थप कडाइ गरिने जनाएको छ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend