२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

रास्वपामा माओवादीले पनि २३ जना पठाइया छ, रविले मेरो गुन तिर्न बाँकी छः प्रचण्ड


सञ्चार डबली
  • सोमबार, साउन २५ २०८३
  • 1.6K
    SHARES

  • images
    रास्वपामा माओवादीले पनि २३ जना पठाइया छ, रविले मेरो गुन तिर्न बाँकी छः प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो गुन तिर्न बाँकी रहेको बताएका छन्। 

    सिंहदरबारमा आज पत्रकारहरूसँगको भेटमा प्रचण्डले रविको प्रशंसा गर्दै आफूले उनलाई गुन लगाएको स्मरण गरे। ‘तुलनात्मक रूपमा राजनीतिक परिपक्वता रविमै रहेछ भन्ने त सबैले महसुस गरेकै कुरा छ’ प्रचण्डले भने, ‘फेरि मेरो त गुन तिर्न पर्ने पनि छ।’ विगतमा आफूले लामिछानेको बचाऊ गरेको प्रचण्डले दाबी गरे।

    ‘मैले धेरै डिफेन्स गर्या छु नि त, पहिलाको संसदमा, पब्लिकमा। जेलमा भेट्न पनि गएँ, बाहिर आएर बोलेँ,’ उनले भने। प्रचण्डले आफ्नो प्रधानमन्त्री बाहेकका रास्वपाका नेताहरूसँग नियमित संवाद हुने गरेको पनि खुलासा गरे।

    ‘रवि लामिछाने, डीपी अर्याल र विराजभक्त सबै मेरो क्याबिनेटमै बसेकोले उहाँहरूलाई बुझ्न मलाई गाह्रो छैन’, प्रचण्डले भने, ‘उहाँहरूलाई भन्न पनि गाह्रो छैन, मेरो रेगुलर नै संवाद भइराखेको छ। कैयौँ सल्लाह मिली पनि राखेको छ। प्रधानमन्त्री चाहिँ त अब अर्कै खालको छन्।’

    उनले बालेन शाह नेतृत्वको सरकारले बनाएको संविधान संशोधन कार्यदलले संविधान संशोधनभन्दा पुर्नलेखन गर्ने उद्देश्य राखेर काम गरेको दाबी गरेका थिए। संविधानको प्रस्तावनादेखि नै पुर्नलेखन गर्न खोजेको आभास पाएपछि विपक्षी दलहरूले उक्त कार्यादल छाडेको उनले बताए। उनले वर्तमान सरकार समुन्द्रमा कम्पास हराएको जहाज जस्तो भएको टिप्पणी गरे। 

    ‘सरकार आफै अपरिपक्व छ। आफै वैचारिक राजनीतिक दिशाविहीन छ। त्यो  समुद्रमा कम्पास हराएको जहाज जस्तो भएको हुनाले धेरै जाँदैन’ प्रचण्डले भने, ‘यही तरिकाले जान सक्दैन, फेरि त्यहाँभित्र अन्तरविरोध पनि देखिएकै छ।’ उनले रास्वपाभित्र पुराना दलका धेरै सांसद रहेकोमा सन्तोष व्यक्त गरे।

    ‘मैले त अलिअलि ठट्टा गरेर भन्ने गर्छु, रास्वपामा हामी माओवादीले पनि २३ जना पठाइया छ’ प्रचण्डले भने, ‘एमालेले २७ जना कि कति पठाएको छ, कांग्रेसले ३३ जना पठाएको छ।’ उनले संविधान निर्माणपछि सरकार बनाउने र गिराउनेमा धेरै ध्यान गएका कारण अहिलेको अवस्था आएको बताए।

    उनले रास्वपालाई मत दिएका जनतामा अहिले पश्चाताप भएको दाबी पनि गरे। 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend