२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

अटोमोबाइल्स बजारको कुम्भमेला भोलिदेखि, कुन कुन ब्राण्ड गर्दैछ प्रवेश ?

५२ वटा स्टल राखिने एक्स्पोमा दुईपांग्रे सवारीका १८ र चारपांग्रेका २९ नयाँ ब्रान्ड सार्वजनिक गरिँदै


सञ्चार डबली
  • सोमबार, साउन २५ २०८३
  • 1.8K
    SHARES

  • images
    अटोमोबाइल्स बजारको कुम्भमेला भोलिदेखि, कुन कुन ब्राण्ड गर्दैछ प्रवेश ?

    काठमाडौँ / नयाँ आर्थिक बर्ष २०८३/८३ सुरु भएसँगै अर्थतन्त्रमा महत्त्वपूर्ण अर्थ राख्ने दुई ठुलो अटो मेला हुने भएको छ । यी अटो मेला नेपालको अटोमोवाइल बजारको प्रमुख चाडको रूपमा स्थापित समेत भइसकेको छ । 

    नजिकिदै गरेको मूख्य चाडपर्वहरूलाई लक्षित गर्दै अटोमोवाइल्स क्षेत्रका दुई छाता संस्था नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) र नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले  केही दिनको अन्तरमा अटो शो आयोजना गर्ने भएका छन् । 

    नाइमाले काठमाडौँको भृकुटिमण्डपमा साउन ३१ गतेसम्म र नाडाले भदौ ९ गतेदेखि १४ गतेसम्म अटो शो गर्ने भएको हो । चाडपर्वमा नयाँ सवारी साधन किन्ने प्रवृत्ति बढेसँगै व्यवसायीहरूले यसै मौकामा विभिन्न नयाँ ब्राण्डहरूसमेत भित्र्याउने गरेका छन् । 

    भोलि (मङ्गलबार) उद्घाटन हुने ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो-२०२६’को सम्पूर्ण तयारी सम्पन्न भइसकेको छ । ५२ वटा स्टल राखिने एक्स्पोमा दुईपांग्रे सवारीका १८ र चारपांग्रेका २९ नयाँ ब्रान्ड सार्वजनिक गरिँदै छ । 

    आयोजकका अनुसार २० लाखदेखि साढे तीन करोड मूल्य बराबरका विद्युतीय गाडी एक्स्पोमा राखिने तयारी छ । विशेषगरी दुईपांग्रे, चारपांग्रे, कमर्सियल भेहिकल, इलेक्ट्रिक तथा हाइब्रिड मोबिलिटी सोलुसन, प्रविधि, सेवा तथा मोबिलिटीसम्बन्धी समेटिने एक्स्पोमा यात्रुवाहक विद्युतीय गाडिसमेत हुनेछ । 

    पहिलो बर्ष नै अपेक्षा गरेभन्दा राम्रो भएपछि हौसिएको आयोजकले यस बर्ष पनि अटो शो हुने अवधिमा विभिन्न कार्यक्रमहरू तय गरेको छ । 

    एक्स्पोमा प्रत्यक्ष वैदेशिक लगानीबारे छलफल, ब्याट्री पुनः प्रयोग तथा पुनः प्रशोधनबारे जानकारी, ऋण तथा वित्तीय व्यवस्थाबारे छलफल, बिमासम्बन्धी जानकारी, युवा उद्यमशीलताबारे छलफल हुने आयोजकले जानकारी दिएको छ । 

    टिकटमा छुट

    नाइमाको यो दोस्रो संस्करण हो । गत बर्ष १ लाखभन्दा बढीले अवलोकन गरेको एक्स्पोलाई यस बर्ष अझ विशेष, व्यवस्थित, आकर्षक र प्रभावकारी बनाइएको नाइमाका अटो शो प्लानिङ कमिटीका संयोजक गौरव शारडाले बताए । 

    नाइमाले अवलोकनकर्ताहरूका लागि प्रतिटिकट २०० रुपैयाँ तोकेको छ भने विद्यार्थीहरूका लागि १०० रुपैयाँ कायम गरिएको छ । 

    तर,  अवलोकनकर्ताहरूले अन द स्पर्ट अवलोकनकै क्रममा टिकट खरिद गरे ५० प्रतिशत छुट पाउनेछन् । यस पटकको एक्स्पोको  भुक्तानी पार्टनर युनियन पे रहेको छ । 

    क्यूआर भुक्तानीमा ५० प्रतिशत क्यासब्याक दिने योजनासमेत बनाएको नाइमले टिकटबाट उठेको रकमबाट १० प्रतिशत अटोमोबाइल्स क्षेत्रकै अनुसन्धानमा खर्च गर्ने घोषणासमेत गरेको छ ।

    यी ब्राण्डहरू हुनेछन् सहभागी 

    नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा चारपाङ्ग्रेतर्फ हुन्डाई,फोर्थिङ, बिवाइडी, लिपमोटर, जिकर, म्याक्सस, प्रोटोन, टाटा, टोयटा, ओमोडा, एमजी पारामाउन्ट मोटर्स, किंया, एमजी–गो अटोमोबाइलस्, निसान, केआईए, ग्रेटवाल मोटर्स, हेन्री, भोल्टर्स, होन्री बोमा, आईकारू, केआईए, एन्ड जेको, प्युजिवट र विलिङ ब्राण्ड सहभागी हुनेछन् । 

    त्यस्तै, दुईपाङ्ग्रेतर्फ होन्डा, अथर, बजाज, टिभिएस, याडिया, सीएफ मोटोरजिन्हो, गर्रो, होन्डा, केरेन, केटीएम, मोरबीडेल्ली, एनआईयू, प्युगोट एन्ड बीजीएस, रोयल इन्फिल्ड, सुजुकी, ट्रायम्फ, अल्टाभ्वाइलेट, जेटएक्स मोटोरसीएक्सलगायता ब्राण्ड छन् । 

    कमर्सियल सवारीसाधन स्काइवर्थ, चेरी वान्डा, कारी र किंटोन ब्रान्डहरू सहभागी हुनेछन् । 

    कुन कुन ब्राण्ड आउँदैछन् नयाँ ? 

    चारपाङ्ग्रेतर्फ नाइमा नेपाल मोबिलिटी एक्स्पोको अवसर पारेर लक्ष्मी कमर्सियलले केरी कमर्सियल ब्रान्डका २, लक्ष्मी ई–मोबिलिटीले काइयी ब्रान्डको एउटा, लक्ष्मी मोटरहबले आर्कफक्स र बाइक ब्रान्डको एक-एक वटा सवारी साधन सार्वजनिक गर्ने तयारी छ । 

    कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले किया ब्रान्डका ३, ईभी राइड प्रालिले होर्नी बोमा ब्रान्डको एउटा, हिमालय म्याक्सले म्याक्सस ब्रान्डका ३ वटा सवारी सार्वजनिक गर्ने तयारी गरेको छ । 

    यसैगरी, एसक्यू इन्टरप्राइजेजको हेनरी भोल्ट्स ब्रान्डका ३ र सांग्रिला मोटर्सको लिपमोटर्स ब्रान्डको पनि नयाँ भेहिकल सार्वजनिक हुने भएको छ । 

    यसका साथै, युनाइटेड ट्रेडर्स सिन्डिकेटले टोयोटा ब्रान्डका २ र भीजी इम्पेक्स जीडब्लूएम (ग्रेट वाल मोटर्स) ब्रान्डका २ वटा, 
    पायोनियर मोटोकर्पले निसान ब्रान्ड र जीओ अटोमोबाइल्सले एमजी ब्रान्डका एक–एक वटा  र ओमोडा र आइकारका एक–एक वटा नयाँ ब्रान्ड नाइमा नेपाल मोविलिटी एक्स्पोमा लन्च गरिने तयारी छ । 

    दुई पाङ्ग्रेतर्फ हंसराज हुलासचन्द्र एन्ड कम्पनीले बजाजका २, जगदम्बा मोटर्सले टीभीएसका २ र कुजु नेपालले याडिया ब्रान्डका ३ भेहिकल,बाइकर्स नेपालले जेडएक्समोटो/सीएक्स ब्रान्डका ३ वटा मोटरसाइकल सार्वजनिक गर्ने भएको छ । 

    यसैगरी, इको इन्फिनिटीले निउ ब्रान्डका ३ र इभोक नेपालले केरेन इलेक्ट्रिक स्कुटर्स २ वटा र परिमिता इन्भेस्टमेन्टले ग्यारो ब्रान्डको एउटा, त्रायना मोबिलिटीले अल्ट्राभायोलेट ब्रान्डको एक र युनाइटेड ट्रेडर्स सिन्डिकेटको मोर्बिडेली ब्रान्डको १ वटा भेहिकल नाइमा नेपाल मोबिलिटी एक्स्पोमा सार्वजनिक गर्ने तयारी गरेको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend