२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

आज पनि विपक्षी दलका सांसदद्वारा संसदमा उठेर विरोध


सञ्चार डबली
  • सोमबार, साउन २५ २०८३
  • 1.4K
    SHARES

  • images
    आज पनि विपक्षी दलका सांसदद्वारा संसदमा उठेर विरोध

    काठमाडौं । प्रतिनिधिसभाको आज सोमबारको बैठकमा पनि विपक्षी दलले उठेर विरोध गरेका छन् ।

    सभामुख डोलप्रसाद अर्यालले बैठक सुरु गर्ने बितिक्कै विपक्षी नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले उठेर विरोध गरेका हुन् ।

    गत जेठ १७ गते प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभा बैठकमा भारतको भूमि नेपालले मिचेको छ भन्ने जवाफ दिएपछि विपक्षीहरुले उठेर विरोध गर्दै आइरहेका छन् । प्रधानमन्त्री शाहले भने त्यसबारे प्रष्टीकरण दिन कुनै चासो राखेका छैनन् । सभामुख अर्यालले पनि त्यो अभिव्यक्ति रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिएका छैनन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend