२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

रासायनिक मलको सहज आपूर्ति गर्न सरकारसँग प्रचण्डको आग्रह


सञ्चार डबली
  • सोमबार, साउन २५ २०८३
  • 1.9K
    SHARES

  • images
    रासायनिक मलको सहज आपूर्ति गर्न सरकारसँग प्रचण्डको आग्रह

    काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशका विभिन्न ठाउँमा देखिएको रासायनिक मलको अभावबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।

    सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रचण्डले सरकारले समयमा पर्याप्त मल उपलब्ध गराउने प्रतिबद्धता जनाए पनि किसानले अझै सहज रूपमा मल पाउन नसकेको बताएका हुन् ।

    रोपाइँ सकिँदासमेत किसानले मल नपाएको भन्दै उनले तत्काल पर्याप्त मल उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । उपलब्ध मल पनि कालोबजारी र बिचौलियाका कारण किसानसम्म सहज रूपमा पुग्न नसकेको गुनासो आएको उनले बताएका छन् ।

    मल आयात गर्न समय लाग्ने भएकाले सरकारले पहिले नै तयारी गर्नुपर्ने प्रचण्डको भनाइ छ । आफू प्रधानमन्त्री हुँदा मलको आवश्यकता पहिचान गरी समयमै आयात र वितरणको व्यवस्था गरेको उनले स्मरण गरेका छन् ।

    उनले तत्काल मल आयातको प्रक्रिया पूरा गरी किसानलाई पर्याप्त मल उपलब्ध गराउन आग्रह गरेका छन् । साथै, आगामी वर्षका लागि पनि समयमै तयारी गर्न तथा कालोबजारी र बिचौलिया नियन्त्रण गरी किसानलाई सहज र पारदर्शी रूपमा मल वितरण गर्न सरकारसँग माग गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend