२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको भाउ बढ्यो


सञ्चार डबली
  • सोमबार, साउन २५ २०८३
  • 1.1K
    SHARES

  • images
    सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको भाउ बढ्यो

    काठमाडौँ । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको भाउ बढेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आइतबारको तुलनामा प्रतितोला २०० रुपैयाँ घटेर आज ३ लाख १ हजार ५०० रुपैयाँ कायम भएको छ। आइतबार सुन प्रतितोला ३ लाख १ हजार ७०० रुपैयाँ मा कारोबार भएको थियो।

    आज छापावाल सुनको प्रति १० ग्राम मूल्य २ लाख ५८ हजार ४९० रुपैयाँ निर्धारण गरिएको छ ।

    यता, चाँदीको मूल्य भने प्रतितोला २५ रुपैयाँले बढेर ४ हजार ६७० रुपैयाँ पुगेको छ। चाँदीको प्रति १० ग्राम मूल्य ४ हजार ४ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend