२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

नेपाल बैंक र चितवन इनर्जीबीच कर्जा सम्झौता, ठूलोखोला जलविद्युत आयोजनामा लगानी


सञ्चार डबली
  • शनिबार, साउन २३ २०८३
  • 2.7K
    SHARES

  • images
    नेपाल बैंक र चितवन इनर्जीबीच कर्जा सम्झौता, ठूलोखोला जलविद्युत आयोजनामा लगानी

    काठमाडौँ / नेपाल बैंक लिमिटेड र चितवन इनर्जी लिमिटेडबीच ठूलोखोला जलविद्युत आयोजना निर्माण तथा सञ्चालनका लागि कर्जा तथा वित्तीय सुविधा उपलब्ध गराउने सम्झौता भएको छ।

    साउन २० गते भएको सम्झौताअनुसार चितवन इनर्जीले प्रवर्द्धन गरेको लीवर ठूलोखोला जलविद्युत आयोजनाका लागि बैंकले परियोजनाको कुल लागतमा ७० प्रतिशत कर्जा र ३० प्रतिशत स्वपूँजी रहने गरी कर्जा तथा अन्य आवश्यक वित्तीय सुविधा प्रदान गर्नेछ।

    आयोजनाको क्षमता हाल ४.७५ मेगावाट रहेको छ भने प्रस्तावित क्षमता ६.५१ मेगावाट पुर्‍याउने योजना रहेको छ। आयोजना निर्माण तथा सञ्चालनका लागि आवश्यक वित्तीय व्यवस्थापनअन्तर्गत नेपाल बैंकले कर्जा सुविधा उपलब्ध गराउने भएको हो।

    सम्झौतापत्रमा नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेय र चितवन इनर्जी लिमिटेडका सञ्चालक गोपालप्रसाद निउरेले हस्ताक्षर गरेका छन्।

    सम्झौता कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत पाण्डेयले परियोजनाको वित्तीय व्यवस्थापनका लागि नेपाल बैंकलाई अवसर प्रदान गरेकोमा चितवन इनर्जीलाई धन्यवाद दिँदै आयोजना सफलतापूर्वक निर्माण तथा सञ्चालनका लागि शुभकामना व्यक्त गरे।

    त्यस्तै, चितवन इनर्जीका सञ्चालक निउरेले सहकार्यका लागि नेपाल बैंकलाई धन्यवाद दिँदै आयोजना तोकिएको समयमै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे।

    यस सम्झौतासँगै ठूलोखोला जलविद्युत आयोजना निर्माणका लागि आवश्यक वित्तीय स्रोत व्यवस्थापनमा थप सहजता हुने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend