२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

५०५ किमि रेन्जसहित लिपमोटर B03X नेपालमा, प्रारम्भिक मूल्य ४४.९९ लाख रुपैयाँ


सञ्चार डबली
  • शनिबार, साउन २३ २०८३
  • 2.2K
    SHARES

  • images
    ५०५ किमि रेन्जसहित लिपमोटर B03X नेपालमा, प्रारम्भिक मूल्य ४४.९९ लाख रुपैयाँ

    काठमाडौँ । चिनियाँ विद्युतीय सवारी (ईभी) ब्रान्ड लिपमोटरले आफ्नो नयाँ स्मार्ट अर्बन क्रसओभर एसयूभी लिपमोटर B03X नेपाली बजारमा सार्वजनिक गरेको छ ।

    विश्वव्यापी अटोमोबाइल समूह Stellantis सँगको रणनीतिक साझेदारीमा सञ्चालित ब्रान्डको यो मोडल नेपालका लागि आधिकारिक वितरक साङ्ग्रिला मोटर्सले काठमाडौंमा आयोजित कार्यक्रममा सार्वजनिक गर्दै बुकिङ खुला गरेको हो ।

    डिजाइन र क्याबिन

    लिपमोटर B03X मा अगाडिको भागमा तीन-सेग्मेन्ट ‘Smile’ एलईडी लाइट बार र पछाडि कभर्ड एलईडी टेललाइट तथा स्पोइलर दिइएको छ। गाडीमा फ्लेयर गरिएको ह्वील आर्च, सेमी–हिडन डोर ह्यान्डल र फ्लोटिङ रूफ डिजाइन समावेश गरिएको कम्पनीले जनाएको छ ।

    ४.२७ मिटर लम्बाइ र १० मिटर टर्निङ रेडियस भएको यो एसयूभी सहरी सडकमा सहज सञ्चालन र पार्किङका लागि उपयुक्त हुने कम्पनीको दाबी छ ।

    भित्री भागमा १४.६ इन्चको फ्लोटिङ एचडी टचस्क्रिन, ८.८ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, ५१० लिटरको बुट स्पेस तथा ३३ वटा स्टोरेज कम्पार्टमेन्ट उपलब्ध छन् । फोल्ड गर्न मिल्ने ‘म्याजिक सिट’ का कारण सामान राख्ने क्षमता पनि बढाइएको छ ।

    पावर, ब्याट्री र रेन्ज

    लिपमोटर B03X को लङ रेन्ज भेरियन्टमा ५३ किलोवाट–आवर (kWh) क्षमताको ब्याट्री र १४५ किलोवाट (kW) क्षमताको मोटर रहेको छ । कम्पनीका अनुसार यसले ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति ८.६ सेकेन्डमा लिन सक्छ।

    कम्पनीले CLTC मापदण्डअनुसार एक पटकको पूर्ण चार्जमा ५०५ किलोमिटरसम्मको रेन्ज दिने जनाएको छ । नेपाली सडक अवस्थाअनुसार वास्तविक सञ्चालनमा ३६० देखि ३९० किलोमिटरसम्म रेन्ज प्राप्त हुन सक्ने कम्पनीको दाबी छ ।

    डीसी फास्ट चार्जरमार्फत ब्याट्री ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न करिब १६–१७ मिनेट लाग्ने जनाइएको छ ।

    सुरक्षा र प्रविधि

    गाडीमा लेभल–२ एडास (ADAS) अन्तर्गत २१ वटा ड्राइभर सहायता फिचर समावेश गरिएको कम्पनीले जनाएको छ। यसका लागि १४ वटा सेन्सर र क्यामेरा प्रयोग गरिएको छ। लेन किप असिस्ट, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ र ब्लाइन्ड स्पट डिटेक्सनजस्ता सुरक्षा सुविधा यसमा उपलब्ध छन्।

    नेपालमा उपलब्ध भेरियन्ट र मूल्य

    नेपाली बजारमा B03X दुई भेरियन्टमा उपलब्ध हुनेछ।

    – B03X Pro – ३९.८ kWh ब्याट्री र १३० kW मोटर
    – B03X Pro Max (Long Range) – ५३ kWh ब्याट्री र १४५ kW मोटर

    यो मोडल स्टार्री ह्वाइट, स्पेस ग्रे, स्काई ब्लु, मिडनाइट ब्ल्याक र ओट ग्रे गरी पाँच रङमा उपलब्ध हुनेछ ।

    कम्पनीले B03X को आधिकारिक मूल्य ४६ लाख ९९ हजार रुपैयाँ तोकेको छ । प्रारम्भिक १०० ग्राहकका लागि भने ४४ लाख ९९ हजार रुपैयाँको विशेष मूल्य कायम गरिएको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend