काठमाडौं। दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौं ग्रान्ड अडिसन सम्पन्न भएको छ। देशभरबाट छनोट प्रक्रियामार्फत आएका ६५ जना प्रतिस्पर्धीले आफ्नो आत्मविश्वास, प्रतिभा र क्षमता प्रस्तुत गरेका थिए।
अडिसनबाट २५ जना प्रतिस्पर्धी अर्को चरणका लागि छनोट हुनेछन्। ग्लोबल ग्ल्यामर भेन्चर प्रा।लि।द्वारा आयोजना गरिएको प्रतियोगितामा दिपल शीर्ष प्रायोजक रहेको छ। ‘एभचाभअत ब्क थ्यग ब्चभ’ नारासहित आयोजना भइरहेको प्रतियोगिताले सहभागीहरूलाई मौलिक पहिचान र आत्मविश्वासलाई प्राथमिकता दिन प्रेरित गर्ने आयोजकले जनाएको छ।
दिपलका प्रबन्ध निर्देशक विवेक सिकारियाले बाहिरी सुन्दरताभन्दा आत्मविश्वास र आफ्नै पहिचान नै वास्तविक सुन्दरता भएको बताए। मिस युनिभर्स नेपालकी राष्ट्रिय निर्देशक सङ्गीता पुरीले प्रतियोगिताले युवतीहरूलाई प्रतिभा प्रदर्शन र व्यक्तित्व विकासको अवसर प्रदान गर्दै आएको बताइन्।
अब आयोजकले सहभागीहरूको मूल्याङ्कन गरी अर्को चरणका लागि छनोट प्रक्रिया अघि बढाउने जनाएको छ। विजेताले विश्वस्तरीय मिस युनिभर्स प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछ।



