२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

ब्रोड पिक दुर्घटना : पर्वतारोही पुरबहादुर गुरुङको शव नेपाल ल्याइयो


सञ्चार डबली
  • बिहीबार , साउन २१ २०८३
  • 5.8K
    SHARES

  • images
    ब्रोड पिक दुर्घटना : पर्वतारोही पुरबहादुर गुरुङको शव नेपाल ल्याइयो

    काठमाडौं । साउन १४ मा पाकिस्तानको ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परेर ज्यान गुमाएका पर्वतारोही पुरबहादुर गुरुङ (युक्ता)को शव बिहीबार साँझ कतार एअरवेजमार्फत नेपाल ल्याइएको छ। 

    घटनापछि उद्धार तथा समन्वयका लागि कीर्तिमानी आरोही निर्मल पुर्जाका व्यावसायिक साझेदार तथा प्रतिनिधिसभा सदस्य मिङ्मा डेभिड शेर्पा पाकिस्तान गएका थिए । उनी युक्ताको शव लिएर फर्किएका छन् ।

    युक्ताको शव अन्तिम श्रद्धाञ्जलीका लागि बिहीबार नक्सालस्थित नेपाल पर्वतारोहण संघको सचिवालयमा राखिनेछ । शुक्रबार बिहान ९ बजे स्वयम्भूमा अन्त्येष्टि गरिने छ ।

    pur-bahadur-gurung-(1)-1786018934.jpg
    undefined

    गुरुङको घर गोरखाको लाप्राक हो । उनी नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेश कमिटीका उपाध्यक्ष एवं मनाङ माउन्टेनियरिङ स्कुल कमिटीका सदस्य थिए ।

    आरोहणको क्रममा कीर्तिमानी आरोही निर्मल पुर्जा, पुरबहादुर गुरुङ ‘युक्ता’, किली पेम्बा शेर्पा ‘किलु’, निमा शेर्पा, नवाङ थिन्डु शेर्पा र ग्यालु शेर्पा गरेर ६ नेपालीसहित १० जनाको निधन भएको थियो ।

    पुर्जाको परिवार बेलायत भएकाले उनको उतै अन्त्येष्टि गर्ने तयारी छ । बाँकी नेपाली पर्वतारोहीको शव भने पाकिस्तानमा प्रक्रिया पुर्‍याएपछि ल्याइने छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend