२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० जना आरोही बेपत्ता


सञ्चार डबली
  • शुक्रबार, साउन १५ २०८३
  • 10.7K
    SHARES

  • images
    पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० जना आरोही बेपत्ता

    काठमाडौं । विश्वका अग्ला हिमालहरूमध्ये एक मानिने पाकिस्तानको ब्रोड पिकको हिमपहिरोमा नेपाली पर्वतारोही निर्मल पुर्जासहित १० सदस्यीय पर्वतारोहण टोली बेपत्ता भएको छ । 

    पाकिस्तानको कराकोरम पर्वतशृंखलामा रहेको आठ हजार ४७ मिटर अग्लो उक्त हिमालमा बिहीबार मध्याह्न हिमपहिरो गएको थियो । त्यसयता टोलीसँग कुनै सम्पर्क हुन नसकेको पाकिस्तानी पर्वतारोहण अधिकारीहरूले बताएका बीबीसीले जनाएको छ । 

    आरोहण टोलीमा एक अमेरिकी, एक चिनियाँ, एक ओमानी र पाँच नेपाली नागरिक रहेको बताइएको छ । 

    अभियानको नेतृत्व गरिरहेका निर्मल पुर्जा सन् २०१९ मा ६ महिनाभन्दा केही बढी अवधिमा विश्वका आठ हजार  मिटरभन्दा अग्ला सबै १४ वटा हिमाल आरोहण गरेर विश्वव्यापी रूपमा चर्चित बनेका थिए ।

    मौसम अनुकूल भएमा खोज तथा उद्धार टोलीले प्रभावित क्षेत्रमा हेलिकोप्टरमार्फत खोजी अभियान सञ्चालन गर्ने सामाचारमा उल्लेख छ । 

    ब्रोड पिक पदयात्रा तथा पर्वतारोहणका लागि विश्वकै सबैभन्दा चुनौतीपूर्ण हिमालहरूमध्ये एक मानिन्छ । यो हिमाल विश्वको १२औँ अग्लो हिमालको रूपमा सूचीकृत छ ।

    अल्पाइन क्लब अफ पाकिस्तानले विज्ञप्ति जारी गर्दै तत्काल खोज तथा उद्धार अभियान सञ्चालन गर्न सरकारी निकायहरूसँग निरन्तर समन्वय भइरहेको जनाएको छ । 

    क्लबका अनुसार हेलिकोप्टरको सहयोग सुनिश्चित गर्न प्रयासहरू भइरहेको र उपलब्ध सबै साधनस्रोतहरू तत्काल परिचालन गरिएको छ ।

    निर्मल पुर्जा सन् २००३ मा बेलायती सेनामा भर्ती भएका थिए ।  सन् २००९ मा रोयल मरिनमा आबद्ध भएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend