२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

ग्वार्को फ्लाइओभरमा बस दुर्घटना, एक जनाको मृत्यु, ६ घाइते


सञ्चार डबली
  • बिहीबार , साउन २१ २०८३
  • 3.2K
    SHARES

  • images
    ग्वार्को फ्लाइओभरमा बस दुर्घटना, एक जनाको मृत्यु, ६ घाइते

    काठमाडौँ । ललितपुरको ग्वार्कोस्थित फ्लाइओभरमा बिहीबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। दुर्घटनापछि प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान अघि बढाएको छ।

    जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार बिहीबार बिहान करिब १०:३० बजे कोटेश्वरबाट ग्वार्कोतर्फ जाँदै गरेको बा२ख ३५९० नम्बरको बस फ्लाइओभरमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा करिब ४० वर्षीया एक महिलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको पहिचान खुलाउने प्रक्रिया जारी रहेको छ।

    दुर्घटनामा घाइते भएका ६ जनालाई उपचारका लागि ललितपुरस्थित बी एण्ड बी अस्पताल पठाइएको प्रहरीले जनाएको छ। घाइतेहरूको अवस्था सम्बन्धी थप विवरण आउन बाँकी छ।

    प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend