२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

रास्वपाले सार्वजनिक गर्‍यो स्थानीय तह निर्वाचनमा उम्मेदवार छनोट गर्ने कार्यविधि


सञ्चार डबली
  • बिहीबार , साउन २१ २०८३
  • 2.2K
    SHARES

  • images
    रास्वपाले सार्वजनिक गर्‍यो स्थानीय तह निर्वाचनमा उम्मेदवार छनोट गर्ने कार्यविधि

    काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा सार्वजनिक गरेको छ।

    स्थानीय तहको निर्वाचन आउन आठ महिना बाँकी रहँदा रास्वपाले 'क्यान्डिडेट' (उम्मेदवार) क्लब र उम्मेदवार छनोट कार्यविधि समेटेर यो रूपरेखा ल्याएको हो।

    वैज्ञानिक र वस्तुपरक छनोट प्रणाली स्थापना गर्ने तथा योग्य नेतृत्वको सुनिश्चितता गर्ने उद्देश्यका साथ यो व्यवस्था लागू गरिएको रास्वपाले जनाएको छ। आगामी वैशाखमा हुने निर्वाचनमार्फत स्थानीय तहका ३५,२२१ पदका लागि उम्मेदवार छनोट गर्नुपर्ने हुन्छ।

    रास्वपाको नयाँ रूपरेखा अनुसार सुरूमा उम्मेदवार क्लबमा आवेदन माग गरिने छ। त्यसपछि छनोटका विभिन्न चरणमा हुने परीक्षण पास हुनेहरू मात्र उम्मेदवारका लागि योग्य ठहरिने छन्।

    मेयर, उपमेयर, वडाध्यक्ष र सदस्यमध्ये जुनसुकै पदमा उठ्न चाहनेले पनि यो क्लबमा आवेदन दिन अनिवार्य गरिएको छ। यसका लागि रास्वपाले दुई प्रकारका क्लब तोकेको छ — पालिका क्यान्डिडेट क्लब र वडा क्यान्डिडेट क्लब

    क्यान्डिडेट क्लबमा आवेदन दिन कानुन बमोजिम योग्यता पुगेको, रास्वपाको साधारण सदस्य रहेको र पार्टीको विचार, सिद्धान्त तथा नीतिलाई समर्थन गर्ने हुनुपर्ने छ।

    साथै, केही विषयमा स्वघोषणा गर्नुपर्ने सर्त पनि राखिएको छ। उदाहरणका लागि — घरेलु हिंसा, यौन दुर्व्यवहार तथा साइबर बुलिङमा संलग्न नभएको स्वघोषणा गर्नुपर्ने छ। त्यस्तै, वैवाहिक अवस्थाको कानुनी स्पष्टता र आफूविरूद्ध अदालतमा कुनै मुद्दा भए/नभएको विषय पनि स्वघोषणामा खुलाउनुपर्ने छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend