२०८० श्रावण २२ सोमबार
सिड्नी – डेनमार्कमाथि सहज जित हात पार्दै सह–आयोजक अष्ट्रेलिया फिफा महिला विश्वकप फुटबल २०२३ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको प्रि–क्वाटरफाइनलमा डेनमार्कलाई २–० ले पराजित गर्दै अष्ट्रेलियाले अन्तिम आठको यात्रा तय गरेको हो । यो हारसँगै डेनमार्कको विश्वकप यात्रा भने समाप्त भएको छ । अष्ट्रेलियाको जितमा केटलिन फुर्ड र हेले रासोले गोल गरिन् । पहिलो र दोस्रो हाफमा समान एक गोल भएको थियो।
अष्ट्रेलिया ८ वर्षपछि विश्वकपको क्वाटरफाइनलमा पुग्न सफल भएको हो । यसअघि अष्ट्रेलिया सन् २००७, २०११ र २०१५ मा गरी लगातार तेस्रोपटक फाइनलमा पुग्न सफल भएको थियो । अष्ट्रेलिया क्वाटरफाइनलभन्दा अघि बढ्न सकेको छैन । अष्ट्रेलियाले क्वाटरफाइनलमा फ्रान्स र मोरोक्कोबीचको विजेतासँग १२ अगस्टमा खेल्नेछ । यि दुई टोली फ्रान्स र मोरोक्कोले मंगलबार प्रतिस्पर्धा गर्दैछ ।



