२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

ग्लोबल आईएमई बैंकले कमायो ६.२२ अर्ब नाफा


सञ्चार डबली
  • बुधबार, साउन २० २०८३
  • 10.7K
    SHARES

  • images
    ग्लोबल आईएमई बैंकले कमायो ६.२२ अर्ब नाफा

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ मा अधिकांश वित्तीय सूचकमा उल्लेखनीय सुधार गर्दै ६ अर्ब २२ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा २२.६६ प्रतिशत बढी हो ।

    बैंकले सार्वजनिक गरेको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कुल सञ्चालन आम्दानी २.६३ प्रतिशतले बढेर २१ अर्ब ८० करोड ७९ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा बैंकको सञ्चालन आम्दानी २१ अर्ब २४ करोड ९१ लाख रुपैयाँ रहेको थियो ।

    बैंकको मुख्य आम्दानी स्रोत खुद ब्याज आम्दानी ३.३९ प्रतिशतले वृद्धि भई १६ अर्ब २० करोड ३८ लाख रुपैयाँ पुगेको छ । यस्तै, सेवा शुल्क तथा कमिसनबाट हुने खुद आम्दानी १९.४६ प्रतिशतले बढेर ३ अर्ब ८४ करोड ८८ लाख रुपैयाँ पुगेको छ ।

    इम्पेयरमेन्ट चार्ज ४९.३५ प्रतिशतले घटेर २ अर्ब ३९ करोड ८१ लाख रुपैयाँमा सीमित भएपछि बैंकको नाफा सुधारमा महत्वपूर्ण योगदान पुगेको छ । सञ्चालन मुनाफा पनि ११.६४ प्रतिशतले बढेर १६ अर्ब ८ करोड २१ लाख रुपैयाँ पुगेको बैंकले जनाएको छ ।

    निक्षेप संकलनतर्फ बैंकले १५.८५ प्रतिशत वृद्धि गर्दै ५ खर्ब ८९ अर्ब १७ करोड रुपैयाँ पुर्‍याएको छ भने कर्जा लगानी १०.३२ प्रतिशतले बढेर ४ खर्ब ५९ अर्ब ४ करोड रुपैयाँ पुगेको छ ।

    बैंकको वितरणयोग्य मुनाफा १८.०८ प्रतिशतले बढेर ४ अर्ब ८० करोड १ लाख रुपैयाँ पुगेको छ। त्यसमध्ये समीक्षा वर्षको नाफाबाट मात्रै ३ अर्ब ७० करोड ३४ लाख रुपैयाँ लाभांश वितरणका लागि उपलब्ध रहेको छ।

    ३६ अर्ब ११ करोड ५८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोष २९.५२ प्रतिशतले बढेर ३१ अर्ब ६१ करोड ३२ लाख रुपैयाँ पुगेको छ। प्रतिशेयर आम्दानी (ईपीएस) १३.३२ रुपैयाँबाट बढेर १६.३४ रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ १८३।१४ रुपैयाँ कायम भएको छ ।

    बैंकको खराब कर्जा (एनपीएल) ४.६९ प्रतिशतबाट घ टेर ४.५५ प्रतिशतमा झरेको छ। समीक्षा अवधिमा बैंकको बेस रेट ७.५१ प्रतिशत, स्प्रेड रेट ३.२८ प्रतिशत तथा पुँजी कोष अनुपात १२.१९ प्रतिशत रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend