२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

सांग्रिला बैंकका ग्राहक र कर्मचारीलाई ट्रान्क्विलिटी स्पामा २५ प्रतिशत सम्म छुट


सञ्चार डबली
  • मंगलबार, साउन १९ २०८३
  • 1.5K
    SHARES

  • images
    सांग्रिला बैंकका ग्राहक र कर्मचारीलाई ट्रान्क्विलिटी स्पामा २५ प्रतिशत सम्म छुट

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहक र कर्मचारीलाई स्पा सेवा सहुलियतमा उपलब्ध गराउन ट्रान्क्विलिटी स्पासँग सम्झौता गरेको छ ।

    सम्झौताअनुसार बैंकका कर्मचारीले व्यक्तिगत स्पा सेवामा २५ प्रतिशत र ब्युटी सेवामा १५ प्रतिशत छुट पाउनेछन् । त्यसैगरी, बैंकका ग्राहकले व्यक्तिगत स्पा सेवामा २० प्रतिशत र ब्युटी सेवामा १५ प्रतिशत छुट प्राप्त गर्नेछन् ।

    सम्झौतापत्रमा बैंकका वरिष्ठ नायब महाप्रबन्धक अपूर्व प्रसाद जोशी र ट्रान्क्विलिटी स्पाकी लर्निङ एन्ड डेभलपमेन्ट म्यानेजर निर्मला भोछिभोयाले हस्ताक्षर गरेका छन् । यो सुविधा साउन २०८३ देखि दुई वर्षसम्म लागू हुनेछ ।

    बैंकले यस सहकार्यबाट ग्राहक र कर्मचारीले गुणस्तरीय स्पा तथा ब्युटी सेवा कम शुल्कमा पाउने विश्वास व्यक्त गरेको छ ।

    हाल सांग्रिला डेभलपमेन्ट बैंकले देशभर १०९ शाखा र ३० एटीएममार्फत सेवा दिँदै आएको छ। बैंकले आगामी दिनमा पनि आफ्ना सेवा र सुविधालाई थप विस्तार गर्दै लैजाने जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend