२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

नेप्से परिसूचकमा  सामान्य गिरावट, ४ अर्ब ५७ करोडको कारोबार


सञ्चार डबली
  • सोमबार, साउन १८ २०८३
  • 1.3K
    SHARES

  • images
    नेप्से परिसूचकमा  सामान्य गिरावट, ४ अर्ब ५७ करोडको कारोबार

    काठमाडौं- साताको कारोबारको पहिलो दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेको छ। नेप्सेका अनुसार परिसूचक १.२० अंकले घटेर २,६८४.३३ विन्दुमा कायम भएको हो।

    आज कारोबारमा आएका १३ उपसमूहमध्ये ८ उपसमूहको सूचक बढ्दा ५ उपसमूहको सूचक घटेको छ। अधिकांश उपसमूहमा हरियाली देखिए पनि समग्र बजार भने सामान्य अंकले ओरालो लागेको हो।

    कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स शीर्ष स्थानमा रहेको छ। कम्पनीको २७ करोड ६२ लाख ८७ हजार रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको नेप्सेले जनाएको छ।

    सोमबार एभरेष्ट कलर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्। कम्पनीको सेयर मूल्य १४.९९ प्रतिशतले बढेको छ। यता, रिलायन्स स्पिनिङ मिल्सका लगानीकर्ताले सबैभन्दा बढी घाटा व्यहोरेका छन्। कम्पनीको सेयर मूल्य ७.४० प्रतिशतले घटेको छ।

    आज कुल ३४९ कम्पनीको १ करोड १४ लाख ४९ हजार ९८७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५७ करोड २० लाख ८४ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend