परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्। उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सोमबार दिउँसो काठमाडौंको कागेश्वरी मनहरा नगरपालिकाबाट पक्राउ गरेको हो।
सीआईबीका एसएसपी अनुपम शमशेर जबराका अनुसार भट्टराईलाई राहदानी ऐनअन्तर्गतको कसुरमा पक्राउ गरिएको हो।
प्रहरीका अनुसार २०६८ सालमा भएको राहदानीसम्बन्धी कसुरमा उनको संलग्नता फेला परेपछि पक्राउ गरिएको हो। उक्त घटनासम्बन्धी मुद्दा भने २०८२ चैतमा दर्ता भएको थियो।
पक्राउ परेका भट्टराईलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी अदालतमा उपस्थित गराउने तयारी भइरहेको प्रहरीले जनाएको छ।


