गोरखा । अविरल झरीपछिको पहिरोले गोरखामा आज विहान एक घरमा पूर्ण क्षति भएको छ । गोरखा नगरपालिका–९ लक्ष्मीबजार दिवामार्गमा पहिरो जाँदा स्थानीय मानसिंह गुरुङको तीनतले पक्की घर पहिरोले लगेको हो ।
सोमबार बिहान ११ बजे गुरुङको तीनतले पक्की घर जगैदेखि पहिरोले बगाएर करिब २० मिटर तल पल्टिएर पूर्ण रूपमा क्षति भएको हो । पहिराले घरमा डेरा गरी बस्ने रौतहटको कटहरिया नगरपालिका–७, घर भएका ५८ बर्षीया टोखान महतो घाइते हुनुभएको छ । पहिरा गएका बेला घरभित्रै रहेका उहाँको तत्काल उद्दार गरी उपचारका लागि प्रदेश अस्पताल गोरखा पु¥याइएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
फाटो साभार नागरिक सवाल


