काठमाडौं । सिन्धुलीस्थित सुनकोशी नदीमा कार खसेको छ ।
फिक्कल गाउँपालिका–२ नवलपुरबाट सुनकोशी नदीमा कार खसेको सूचना आएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी रवीन्द्रबहादुर सिंहले बताएका छन् ।
काठमाडौँबाट ओखलढुङ्गातर्फ जाँदै गरेको बसले ठक्कर दिँदा कार नदीमा खसेको हो । कार खसेको सूचना आएपछि अहिले प्रहरी र सशस्त्रको टोली घटनास्थलतर्फ गएको उनले बताएका छन् । कारको नम्बर खुलिनसकेको तर कारमा ३ जना सवार रहेको सूचना प्राप्त भएको पनि पुष्टि भइनसकेको प्रहरीले जनाएको छ ।


