२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

भारतको बिहारमा यात्रुवाहक रेलमा आगलागी


सञ्चार डबली
  • सोमबार, साउन १८ २०८३
  • 5.0K
    SHARES

  • images
    भारतको बिहारमा यात्रुवाहक रेलमा आगलागी

    भारतको बिहार राज्यस्थित सहरसा जिल्लामा सोमबार बिहान यात्रुवाहक रेलको इन्जिन र त्यससँग जोडिएको एक डब्बामा आगलागी भएको छ । आगलागीपछि यात्रुहरूलाई तत्काल सुरक्षित रूपमा बाहिर निकालिएको र कुनै मानवीय क्षति नभएको अधिकारीहरूले बताएका छन् ।

    समस्तीपुर–सहरसा यात्रुवाहक रेल (नम्बर ६३३४४) को इन्जिनमा सिमरी बख्तियारपुर रेल स्टेशनमा बिहान करिब ३ः४० बजे आगलागी भएको हो । सहरसा अग्नि नियन्त्रण कार्यालयका सहायक अग्नि अधिकृत निरञ्जन कुमारका अनुसार रेलको इन्जिनमा आगो लागेको सूचना प्राप्त हुनासाथ फोम टेन्डर र पानी टेन्डरसहितको टोली घटनास्थल पठाइएको थियो ।

    आगलागी अहिले नियन्त्रणमा आइसकेको छ । ‘रेल इन्जिनमा आगो लागेको जानकारी प्राप्त भएपछि तत्काल उद्धार टोली परिचालन गरिएको थियो। आगो नियन्त्रणमा आइसकेको छ र हालसम्म मानवीय क्षतिको कुनै जानकारी प्राप्त भएको छैन,‘ उनले भने ।

    घटनाका एक यात्रुले बिहान करिब ३ः४० बजे रेलमा आगलागी भएको र त्यसका कारण यात्रुहरूले ठूलो सास्ती व्यहोर्नुपरेको बताए । आगलागीपछि यात्रुहरू अलपत्र परेका छन् भने रेल सेवासमेत प्रभावित भएको छ ।

    आगलागीको कारण भने अझै खुल्न सकेको छैन । घटनाबारे सम्बन्धित निकायले अनुसन्धान सुरु गरेको जनाएको छ । यसअघि गत मे महिनामा पनि बिहारको मधुबनी रेलवे स्टेशनमा उभिएको जयनगर–उधना अन्त्योदय एक्सप्रेसका खाली डब्बाहरूमा आगलागी भएको थियो। प्लेटफर्ममा शन्टिङ भइरहेको बेला लागेको आगोले एक डब्बा पूर्ण रूपमा जलेर नष्ट भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend