२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

पहिरो पन्छाएसँगै नारायणगढ–मुग्लिन सडक दुईतर्फी रुपमा सञ्चालन


सञ्चार डबली
  • सोमबार, साउन १८ २०८३
  • 781
    SHARES

  • images
    पहिरो पन्छाएसँगै नारायणगढ–मुग्लिन सडक दुईतर्फी रुपमा सञ्चालन

    चितवन । नारायणगढ–मुग्लिन खण्डमा खसेको पहिरो पन्छाएर दुवैतर्फी रुपमा सडक सञ्चालनमा ल्याइएको छ । आज बिहान सो सडकको विभिन्न ठाउँमा लेदोसहितको पहिरो खस्दा सडक एकतर्फी अवरुद्ध भएको थियो ।

    डिभिजन सडक कार्यालय, चितवनका इन्जिनियर अर्जुन घिमिरेका अनुसार तुइनखोला, नाम्सी खोला, सिमलताल, १५ किलो र १७ किलोमा लेदोसहितको पहिरो खसेको थियो । तुइन, नाम्सी र सिमलतालमा एकतर्फी सडक रोकिएको थियो भने अन्य ठाउँमा लेदो खसेर सडकको छेउमा थुप्रिएको थियो ।

    ती ठाउँको पहिरो पन्छाएसँगै बिहान १० बजेपछि सडक पूर्ण रुपमा सञ्चालनमा आएको छ । तुइन खोलाको पहिरो त्यस क्षेत्रमा निर्माणको काम गरिरहेको कम्पनीले स्वयंले पहिरो पन्छाइरहेको छ । अन्य ठाउँको पहिरो मुग्लिन र सेतीदोभानमा रहेका उपकरण प्रयोग गरी पन्छाइएको छ । सो सडक खण्डमा भने सिमसिम पानी परिरहेको घिमिरेले जानकारी दिए । त्यस क्षेत्रमा जुनसुकै बेला पहिरो खस्न सक्ने भएकाले सावधानीपूर्वक यात्रा गर्न समेत सवारी चालक र यात्रुलाई आग्रह गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend