२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

म्यानचेस्टर सिटीलाई स्तब्ध पार्दै आर्सनलले जित्यो कम्युनिटी शिल्डको उपाधि


सञ्चार डबली
  • सोमबार, साउन २२ २०८०
  • 9.6K
    SHARES

  • images
    म्यानचेस्टर सिटीलाई स्तब्ध पार्दै आर्सनलले जित्यो कम्युनिटी शिल्डको उपाधि

    एजेन्सी – आईतबार राति म्यानचेस्टर सिटीलाई टाइब्रेकरमा ४–१ ले हराउँदै आर्सनलले सिजनको पहिलो उपाधि एफए कम्युनिटी शिल्ड जितेको हो । खेलको इन्ज्युरी समयको ११ औं मिनेटमा बराबरी गोल फर्काएको आर्सनलले सिटीलाई स्तब्ध पारेको हो ।

    निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा आर्सनल ४-१ ले विजयी हुँदै सिजनको सुखद सुरुवात गर्न सफल रहयो । सिटीले भने लगातार तेस्रो सिजन कम्युनिटी शिल्ड जित्न सकेन ।

    खेलको ७७ औं मिनेटमा युवा खेलाडी कोल पामरले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । केभिन डी ब्रुइनको पासलाई सदुपयोग गर्दै पामरले प्रिमियर लिगको विजेतालाई जितको नजिक पुर्याएका थिए । खेलको अन्तिम मिनेटमा आर्सनलका लिएन्ड्रो ट्रासार्डले गोल गर्दै खेललाई टाइब्रेकरमा धकेलेका थिए । जसमा लण्डन क्लबले बाजी मार्यो ।

    टाइब्रेकरमा पहिलो प्रहारमा आर्सनल कप्तान मार्टिन ओडेगार्डले गोल गर्दा सिटीका केभिन डे ब्रुएनको प्रहार क्रसबारमा लागेर फर्कियो । त्यसपछि आर्सनलका ट्रोसार्ड र सिटीका बर्नार्डो सिल्भाले लगातार गोल गरे । बुकायो साकाले तेस्रो प्रहार गोलमा परिणत गर्दा सिटीका मिडफिल्डर रोड्रीको प्रहार आर्सनलका गोलरक्षक आरोन राम्सडेलले बचाए । आर्सनलका फाबियो भिएराले चौथो प्रहारमा गोल गर्दै आर्सनललाई शिल्ड दिलाए ।

    जित सहित आर्सनलले यस सिजनको प्रिमियर लिगको उपाधिमा बलियो दाबी पेश गरेको छ । गत सिजन आर्सनलले २ सय ४८ दिन प्रिमियर लिगको तालिकामा अगता दिएको थियो । तर अन्तिममा लिग उपाधि सिटीलाई सुम्पिन पर्यो । लिग उपाधि सहित सिटीले ट्रेबल उपाधिनै जित्यो । जसमा च्याम्पियन्स लिगको उपाधि समेत सामेल थियो ।  

     

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend