२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

आज देशका यी स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना


सञ्चार डबली
  • सोमबार, साउन १८ २०८३
  • 10.8K
    SHARES

  • images
    आज देशका यी स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

    काठमाडौं । देशका केही स्थानमा आज भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । गण्डकी र वाग्मती प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा दिउँसो धेरै भारी वर्षाको सम्भावना छ ।

    राति कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी तथा तराई भूभागका एकदुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । हिमाली भूभागका केही स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

    पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । वाग्मती र गण्डकी प्रदेशका तराई भूभागका धेरै स्थानमा तथा मधेस, कोसी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको पूर्वानुमान छ । 

    कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । विभागले राति देशभर साधारणतया बादल लाग्ने बताएको छ । हिमाली भूभागका केही स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । 

    कोसी, वाग्मती, गण्डकी  र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका साथै मधेस प्रदेशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कर्णाली प्रदेशका पहाडी भूभाग र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा  मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको पूर्वानुमान छ । 

    कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली, पहाडी र तराई भूभाग तथा लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभागनजिक रहेको विभागको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend