काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना उत्कृष्ट अभिकर्तालाई सम्मान गर्दै ‘आइएमई लाइफ बिजनेश एक्सिलेन्स अवार्ड नाइट २०२६’ सम्पन्न गरेको छ।
होटल याक एण्ड यतीमा आयोजित कार्यक्रममा ३ सय ५० भन्दा बढी अभिकर्ताको सहभागिता रहेको कम्पनीले जनाएको छ। आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट व्यवसाय गर्ने, धेरै बीमालेख जारी गर्ने तथा उल्लेखनीय योगदान पुर्याउने अभिकर्ताहरूलाई अवार्ड प्रदान गरिएको थियो।
कार्यक्रममा आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल, कम्पनीका अध्यक्ष डा. रामहरि अर्याल, प्रमुख कार्यकारी अधिकृत पवन खड्का लगायतले अभिकर्ताको भूमिकाको प्रशंसा गर्दै प्रविधिमैत्री सेवा विस्तार, क्षमता अभिवृद्धि तथा व्यावसायिक विकासमा कम्पनी प्रतिबद्ध रहेको बताए।
कम्पनीका अनुसार अभिकर्ताको क्षमता विकास, उत्प्रेरणा र व्यवसायिक उत्कृष्टतालाई प्रोत्साहन गर्न यस्ता कार्यक्रम नियमित रूपमा आयोजना गरिँदै आएको छ।



