२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

राजविराज र बोदेबरसाइनमा कर्फ्यु हटाइयो, अनिश्चितकालीन निषेधाज्ञा जारी


सञ्चार डबली
  • आइतबार, साउन १७ २०८३
  • 1.7K
    SHARES

  • images
    राजविराज र बोदेबरसाइनमा कर्फ्यु हटाइयो, अनिश्चितकालीन निषेधाज्ञा जारी

    काठमाडौँ । सप्तरीको राजविराज र बोदेबरसाइन नगरपालिका क्षेत्रमा लगाइएको कर्फ्यु हटाएर जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा लागू गरेको छ।

    प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले स्थिति नियन्त्रणमै राख्न कर्फ्यु हटाउँदै निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।

    अर्को आदेश नभएसम्मका लागि लागू गरिएको यो निषेधाज्ञा अवधिभर दुवै नगरपालिका क्षेत्रमा पाँच जनाभन्दा बढी भेला हुन, सभा-जुलुस गर्न, धर्ना बस्न तथा कुनै पनि किसिमको प्रदर्शन गर्न पूर्ण रोक लगाइएको छ। प्रशासनले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३ क) बमोजिम आदेश जारी गर्दै सर्वसाधारणलाई यसको पूर्ण पालना गर्न आग्रह गरेको छ।

    निषेधाज्ञा तोकिएका क्षेत्रहरू:

    • राजविराज नगरपालिका: पूर्वमा खाँडो खोला, पश्चिममा हुलाकी राजमार्गको जमुनी थलही, उत्तरमा रुपनी रोडको बसबिट्टी चोक र दक्षिणमा कोशी पश्चिम मूल नहरसम्म।

    • बोदेबरसाइन नगरपालिका: पूर्वमा हुलाकी राजमार्गको खडक पुल, पश्चिममा प्रितमपुर चोक, उत्तरमा नेगडा चोक र दक्षिणमा मानराजा चोकसम्म।

    जिल्लामा शान्ति सुरक्षा तथा सामाजिक सद्भाव कायम राख्नका लागि संयमित भई सहयोग गरिदिन जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणमा अपिल गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend