२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

अमेरिका जान ३० लाख धरौटी राख्नुपर्ने 


सञ्चार डबली
  • आइतबार, साउन १७ २०८३
  • 10.6K
    SHARES

  • images
    अमेरिका जान ३० लाख धरौटी राख्नुपर्ने 

    काठमाडौँ । अमेरिका भ्रमण वा व्यापारिक प्रयोजनका लागि जाने नेपाली नागरिकले अब अनिवार्य रूपमा ३० लाख रुपैयाँभन्दा बढी धरौटी राख्नुपर्ने भएको छ । अमेरिकी सरकारले भिजिटर भिसा (बी–१ र बी–२) मा नेपालसहित ५० देशका नागरिकका लागि धरौटी बुझाउनुपर्ने पुरानो व्यवस्थालाई परिमार्जन गर्दै स्थायी बनाएको हो ।

    यसअघि परीक्षण परियोजना (पाइलट प्रोजेक्ट) का रूपमा कन्सुलर अधिकारीको तजबिजमा ५ हजारदेखि १५ हजार अमेरिकी डलरसम्म धरौटी तोक्न सकिने खुकुलो व्यवस्था थियो। तर नयाँ नियम लागू भएसँगै ५ हजार डलरको विकल्प हटाइएको छ । अब आवेदकहरूले अनिवार्य रूपमा कम्तीमा १० हजार डलर (करिब १५ लाख २० हजार रुपैयाँ) वा अधिकतम २० हजार डलर (करिब ३० लाख ४० हजार रुपैयाँ) धरौटी राख्नुपर्नेछ ।

    नयाँ नियमअनुसार यो धरौटी रकम भिसा अन्तर्वार्ता बस्नुभन्दा अगाडि नै जम्मा गरिसक्नुपर्नेछ । तोकिएको भ्रमण अवधि पूरा गरेर समयमै स्वदेश फर्किएमा वा भिसा अस्वीकृत भएको खण्डमा उक्त धरौटी रकम नियमानुसार फिर्ता पाइने प्रावधान छ । अमेरिका पुगेर तोकिएको समयभन्दा बढी बस्ने (ओभरस्टे) प्रवृत्ति र अवैध आप्रवासनलाई कडाइका साथ रोक्ने उद्देश्यले अमेरिकी प्रशासनले यो कठोर नीति ल्याएको हो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend