२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

दीपमाला ढकालले जितिन् ‘मिस नेपाल वर्ल्ड २०२६’ को उपाधि


सञ्चार डबली
  • आइतबार, साउन १७ २०८३
  • 6.2K
    SHARES

  • images
    दीपमाला ढकालले जितिन् ‘मिस नेपाल वर्ल्ड २०२६’ को उपाधि

    काठमाडौँ । मिस नेपाल २०२६ को प्रतिष्ठित उपाधि दीपमाला ढकालले जितेकी छन् । ललितपुरको द प्लाजा पुल्चोकमा शनिबार आयोजित भव्य ग्राण्ड फिनालेमा उनी मिस नेपाल वर्ल्ड २०२६ घोषित भएकी हुन् ।

    यस वर्षको प्रतियोगितामा आर्या निशांत मिस नेपाल इन्टरनेशनल २०२६ तथा कशिश सुब्बा मिस नेपाल कोस्मो २०२६ घोषित भए। विजेताहरूले अब नेपाललाई सम्बन्धित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताहरूमा प्रतिनिधित्व गर्नेछन् ।

    ग्राण्ड फिनालेमा नेपाल तथा अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताका अनुभवी व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । मिस कोस्मो योलिंडा लिंडक्विस्टसहित विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरू निर्णायक (जज) को भूमिकामा सहभागी भएका थिए ।

    प्रतियोगिताको आयोजना द हिडन ट्रेजरले गरेको हो। यस वर्ष मिस नेपालमा संरचनागत परिवर्तन गर्दै तीन प्रमुख अन्तर्राष्ट्रिय उपाधि—मिस नेपाल वर्ल्ड, मिस नेपाल इन्टरनेशनल र मिस नेपाल कोस्मो—का लागि विजेता छनोट गरिएको आयोजकले जनाएको छ ।

    मिस नेपाल प्रतियोगिता नेपाली युवतीहरूलाई व्यक्तित्व विकास, नेतृत्व क्षमता, सामाजिक उत्तरदायित्व र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्रदान गर्ने प्रतिष्ठित राष्ट्रिय सौन्दर्य प्रतियोगिताका रूपमा परिचित छ । विजेताहरूले आगामी दिनमा विश्वस्तरीय प्रतियोगिताहरूमा नेपालको प्रतिनिधित्व गर्नेछन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend