२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

बजारमा ग्यासको कृत्रिम अभाव रोक्न आजदेखि टेकुबाट ग्यास वितरण


सञ्चार डबली
  • शनिबार, साउन १६ २०८३
  • 5.1K
    SHARES

  • images
    बजारमा ग्यासको कृत्रिम अभाव रोक्न आजदेखि टेकुबाट ग्यास वितरण

    काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवको निर्देशनपछि नेपाल आयल निगमले एलपी ग्यासको आपूर्ति सहज बनाउन नयाँ व्यवस्था लागू गरेको छ ।

    निगमले बजारमा ग्यासको कृत्रिम अभाव हुन नदिन र उपभोक्ताले सजिलै ग्यास पाउने वातावरण बनाउन वितरण प्रणाली थप व्यवस्थित बनाएको जनाएको छ ।

    निगमका अनुसार अहिले दैनिक मागअनुसार ग्यास आपूर्ति भइरहेको छ । तर केही सञ्चार माध्यममा ग्यास अभाव भएको समाचार आएपछि बजार व्यवस्थापनलाई अझ प्रभावकारी बनाइएको हो ।

    निगमले सबै ग्यास उद्योगलाई पर्याप्त ग्यास उपलब्ध गराउन र विक्रेतालाई घरायसी उपभोक्तालाई प्राथमिकता दिएर बिक्री गर्न निर्देशन दिएको छ । साथै, खरिदकर्ताको नाम, ठेगाना र सम्पर्क नम्बर अभिलेख राख्न पनि भनिएको छ ।

    काठमाडौं उपत्यकामा बढी प्रयोग हुने नेपाल ग्यास, एचपी ग्यास, एभरेष्ट ग्यास, सगुन ग्यास र श्रीराम ग्यासका सिलिन्डर साउन १६ गतेदेखि टेकुस्थित नेपाल आयल निगमको कार्यालयबाट पनि बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म बिक्री–वितरण गरिनेछ ।

    यदि उपभोक्ताले ग्यास नपाएमा कार्यालय समयभित्र निगमको हटलाइन नम्बर ०१–५९७१९०२ मा सम्पर्क गर्न सक्नेछन् ।

    निगमले ग्यासको आयात र वितरण नियमित भइरहेकाले आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न र अनावश्यक रूपमा मौज्दात नगर्न पनि आग्रह गरेको छ ।

    उद्योगमन्त्री गौरीकुमारी यादवले उपभोक्ताको हितलाई ध्यानमा राख्दै अत्यावश्यक वस्तुको सहज उपलब्धता सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend