२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

एमालेमाथि लगाइएका आरोप प्रमाणित गर्न महासचिव पोखरेलको चुनौती


सञ्चार डबली
  • शुक्रबार, साउन १५ २०८३
  • 4.2K
    SHARES

  • images
    एमालेमाथि लगाइएका आरोप प्रमाणित गर्न महासचिव पोखरेलको चुनौती

    काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आफ्नो पार्टी र नेतृत्वमाथि लगाइएका भ्रष्टाचारका आरोपहरू प्रमाणित गर्न सरकारलाई चुनौती दिएका छन्।

    शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले राजनीतिक प्रतिशोधका आधारमा एमालेलाई बद्नाम गर्ने प्रयास भइरहेको दाबी गरेका हुन् । उनले यती होल्डिङ्स, ओम्नी र गिरिबन्धु टी–स्टेट लगायतका प्रकरणमा एमालेलाई विनाकारण मुछिएको उल्लेख गरेका छन् ।

    आर्थिक लेनदेन नै नभएको विषयमा भ्रष्टाचार कसरी हुन्छ ? महासचिव पोखरेलको प्रश्न छ । कतिपय विषयमा नीतिगत निर्णय मात्र भएका र कतिपयमा नीति निर्माणको प्रक्रिया पनि शुरु नभएको विषयमा पार्टीमाथि बद्नाम गरिएको बताएका छन्। पैसाको कारोबार नै नभएको विषयमा भ्रष्टाचार भयो भन्नु निराधार रहेको उनको दाबी छ । महासचिव पोखरेलले हाल एमाले सरकारमा नरहेको अवस्थामा सरकारले ती आरोपहरू पुष्टि गरेर देखाउनुपर्ने बताएका छन् । 

    राजनीतिक प्रतिशोधका आधारमा नेताहरूलाई दुःख दिने काम भइरहेको भन्दै उनले विगतका घटनाहरूको स्मरण गराउनु भयो । पार्टी अध्यक्षलाई १३ दिन र उपाध्यक्ष विष्णु पौडेललाई २५ दिन हिरासतमा राख्दा पनि कुनै प्रमाण जुटाउन नसकेको र मुद्दा दर्ता गर्न नसकेको उनको जिकिर छ ।  

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend