२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

रिलायबल नेपाल लाइफद्वारा पूर्ण अशक्तता सुविधाअन्तर्गत ५० लाख रुपैयाँ दाबी भुक्तानी


सञ्चार डबली
  • शुक्रबार, साउन १५ २०८३
  • 1.2K
    SHARES

  • images
    रिलायबल नेपाल लाइफद्वारा पूर्ण अशक्तता सुविधाअन्तर्गत ५० लाख रुपैयाँ दाबी भुक्तानी

    काठमाडौँ / रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले पूर्ण अशक्तता सुविधा अन्तर्गत एक बीमितलाई ५० लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ।

    कम्पनीका अनुसार बीमित हरि प्रसाद काफ्लेले वि.सं. २०७६ सालमा काठमाडौं शाखामार्फत रिलायबल सुलभ जीवन बीमा योजनाअन्तर्गत २० वर्षे अवधिको १ करोड रुपैयाँ बीमाङ्कको जीवन बीमा गरेका थिए। उक्त बीमा योजनासँगै उनले पूर्ण अशक्तता सुविधा अन्तर्गत ५० लाख रुपैयाँ बराबरको अतिरिक्त सुरक्षा सुविधा पनि लिएका थिए।

    केही समयअघि काफ्लेलाई पार्किन्सन रोग देखिएको थियो। चिकित्सकीय मूल्यांकनपछि उनको अवस्था पूर्ण अशक्तता सुविधा प्राप्त गर्ने मापदण्डअनुरूप रहेको पुष्टि भएपछि कम्पनीले सोही सुविधा अन्तर्गत ५० लाख रुपैयाँ दाबी रकम भुक्तानी गरेको जनाएको छ।

    दाबी भुक्तानीसँगै उनले ५० लाख रुपैयाँ बराबरको बीमा शुल्क छुट सुविधा पनि प्राप्त गरेका छन्।

    रिलायबल नेपाल लाइफले छिटो, पारदर्शी तथा विश्वासयोग्य दाबी भुक्तानी सेवामार्फत आफ्ना बीमितप्रतिको दायित्व निरन्तर पूरा गर्दै आएको जनाएको छ। साथै, भविष्यमा पनि ग्राहक तथा उनका परिवारलाई आवश्यक परेको कठिन समयमा भरपर्दो आर्थिक सुरक्षा प्रदान गर्ने प्रतिबद्धता कायम रहने कम्पनीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend