२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न सशस्त्र प्रहरीको आग्रह


सञ्चार डबली
  • शुक्रबार, साउन १५ २०८३
  • 2.4K
    SHARES

  • images
    सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न सशस्त्र प्रहरीको आग्रह

    सशस्त्र प्रहरी बल, नेपालले समाजमा विभाजन र द्वेष उत्पन्न गराउने कुनै पनि गतिविधिमा संलग्न नहुन सर्वसाधारणलाई आग्रह गरेको छ ।

    सशस्त्र प्रहरी बलका प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक (डीआईजी) नेत्रबहादुर कार्कीले सार्वजनिक सूचना जारी गर्दै धार्मिक सहिष्णुता र सामाजिक सद्भावमा असर पार्ने हिंसात्मक, गैरकानुनी तथा उत्तेजनात्मक गतिविधिबाट टाढा रहन अपिल गरेका हुन् ।

    सामाजिक शान्ति र आपसी विश्वास कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने उल्लेख गर्दै सशस्त्र प्रहरीले शान्ति सुरक्षा व्यवस्थापनमा समन्वयात्मक रूपमा भूमिका निर्वाह गरिरहेको जनाएको छ ।

    सुरक्षा निकायले समाजमा असहिष्णुता फैलाउने वा सार्वजनिक शान्तिमा असर पार्ने गतिविधि नियन्त्रणका लागि आवश्यक समन्वय र सतर्कता अपनाइरहेको समेत जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend