२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

सद्भाव जोगाउन रविले गरे धार्मिक अगुवाहरुसँग छलफल


सञ्चार डबली
  • शुक्रबार, साउन १५ २०८३
  • 2.5K
    SHARES

  • images
    सद्भाव जोगाउन रविले गरे धार्मिक अगुवाहरुसँग छलफल

    काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले धार्मिक क्षेत्रका अगुवाहरुसँग छलफल गरेका छन् ।

    सुनसरी लगायत तराईका जिल्लाहरुमा धार्मिक समुदायबिच तिक्तता बढेपछि रविले सामाजिक सद्भावका लागि अगुवाहरुसँग भेटघाट गरेका हुन् ।

    सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा रविसहित मुस्लिम समुदायबाट मौलाना नरुल हुसेन र मौलाना मोहम्मद खालिद तथा विश्व हिन्दू महासंघका महासचिव रामचन्द्र तिवारी र सचिवालय सदस्य राजुराज फुयालसँग एकसाथ छलफल गरेका हुन् ।

    धार्मिक अगुवाहरुसँग सुनसरी, सिरहा लगायतका जिल्लाहरुमा भइरहेको तिक्ततालाई रोक्न सामूहिक सद्भावको अपिल जारी गर्ने तयारी गरिएको छ ।

    त्यसो त रविले यसअघि कोशी र मधेश प्रदेशका सांसदसहित अन्य पक्षहरुसँग समेत छलफल गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend