२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

मधेसमा उच्च सुरक्षा सतर्कता, जनकपुरमा प्रहरी र सशस्त्रका एआईजी खटाइए


सञ्चार डबली
  • शुक्रबार, साउन १५ २०८३
  • 2.4K
    SHARES

  • images
    मधेसमा उच्च सुरक्षा सतर्कता, जनकपुरमा प्रहरी र सशस्त्रका एआईजी खटाइए

    सुनसरीबाट सुरु भएको प्रदर्शन मधेसका विभिन्न जिल्लामा फैलिन थालेपछि सुरक्षा निकायले मधेस प्रदेशभर उच्च सुरक्षा सतर्कता अपनाएको छ।

    गृह मन्त्रालयका एक उच्च अधिकारीका अनुसार सुरक्षा समन्वय र अवस्थाको प्रत्यक्ष अनुगमनका लागि सशस्त्र प्रहरी बलका एआईजी गणेश ठाडामगर र नेपाल प्रहरीका एआईजी हिमालय श्रेष्ठलाई जनकपुर पठाइएको छ। दुवै जना जनकपुर पुगेर सुरक्षा अवस्थाको निगरानीमा खटिएका छन्।

    सप्तरीदेखि पर्सासम्मका जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ भने सम्भावित अप्रिय घटना रोक्न नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रूपमा सुरक्षा निगरानी बढाएका छन्।

    यस्तै, बारा र पर्सा जिल्लाको सुरक्षा समन्वयको जिम्मेवारी दिँदै प्रहरी प्रधान कार्यालयले एसएसपी होबिन्द्र बोगटीलाई पनि खटाएको छ। बोगटी यसअघि प्रहरी प्रधान कार्यालयअन्तर्गत राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखामा कार्यरत थिए।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend