२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

पर्सामा कुटपिटबाट घाइते महिलाको मृत्यु, एक जना पक्राउ


सञ्चार डबली
  • शुक्रबार, साउन १५ २०८३
  • 3.1K
    SHARES

  • images
    पर्सामा कुटपिटबाट घाइते महिलाको मृत्यु, एक जना पक्राउ

    पर्सा । पर्साको वीरगञ्ज महानगरपालिका –१४ पिपरा चिनिमिलमा कुटपिटबाट घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ भने घटनामा संलग्न एक जनालाई पक्राउ गरिएको छ ।

    असार ३१ गते बिहान करिब १०:५० बजे सडक विस्तारका क्रममा भत्किएको घरको इँटा हटाउने विषयमा भएको विवादका क्रममा स्थानीय अन्दाजी ५० वर्षीया लिलावती देवी माथि मनोज प्रसाद कुर्मी र लक्की प्रसाद पटेलले कुटपिट गरेका थिए ।

    कुटपिटबाट घाइते भएकी लिलावती देवी उपचारका लागि असार ३२ गते साँझ ५:४० बजे नारायणी अस्पतालमा उपचारपछि डिस्चार्ज भएकी उनको साउन १४ गते साँझ पुनः स्वास्थ्य अवस्था बिग्रिएपछि सोही अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा साँझ ७:२० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।

    प्रहरी चौकी गण्डकबाट प्रहरी सहायक निरीक्षकको प्रहरी टोलीले कुटपिटमा संलग्न लक्की प्रसाद पटेललाई पक्राउ गरिको छ भने घटनामा संलग्न अर्का मनोज प्रसाद कुर्मीको खोजी गर्नुका साथै घटनाबारे थप अनुसन्धान समेत भईरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend