२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

तराईका केही स्थानमा हालै भएका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सको चिन्ता

शान्ति र सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न अपिल


सञ्चार डबली
  • बिहीबार , साउन १४ २०८३
  • 1.1K
    SHARES

  • images
    तराईका केही स्थानमा हालै भएका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सको चिन्ता

    काठमाडौँ / नेपाल चेम्बर अफ कमर्सले तराईका केही स्थानमा हालै भएका घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबै पक्षसँग अपिल गरेको छ।

    बुधबार जारी विज्ञप्तिमा चेम्बरले घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। नेपाल विभिन्न धर्म, संस्कृति र समुदायबीचको आपसी सम्मान, सद्भाव र सहअस्तित्वमा आधारित मुलुक भएकाले यही विविधता देशको सबैभन्दा ठूलो शक्ति भएको चेम्बरले उल्लेख गरेको छ।

    चेम्बरले संवेदनशील परिस्थितिमा अफवाह, भ्रामक सूचना तथा कुनै पनि प्रकारका हिंसात्मक गतिविधिबाट टाढा रहन नागरिकहरूलाई आग्रह गर्दै कुनै पनि मतभेद मानव जीवन, सामाजिक सद्भाव र राष्ट्रिय एकताभन्दा माथि हुन नसक्ने स्पष्ट पारेको छ।

    विज्ञप्तिमा शान्ति–सुरक्षा कायम गर्न तथा जनजीवनलाई सामान्य अवस्थामा फर्काउन नेपाल सरकार, स्थानीय प्रशासन, सुरक्षा निकाय, जनप्रतिनिधि र समुदायका अगुवाले गरिरहेको प्रयासको प्रशंसा गर्दै खुला संवाद, पारदर्शिता, निष्पक्षता र आपसी सम्मानका आधारमा समस्याको समाधान खोज्न आग्रह गरिएको छ।

    चेम्बरले धार्मिक अगुवा, सामाजिक संघसंस्था, युवा समूह, सञ्चारमाध्यम, नागरिक समाज तथा निजी क्षेत्रलाई सामाजिक सद्भाव अभिवृद्धि गर्न र सबै धर्म तथा समुदायप्रति सम्मानको भावना विकास गर्न सक्रिय भूमिका खेल्न पनि आह्वान गरेको छ।

    साथै, आर्थिक समृद्धि र सामाजिक सद्भाव एकअर्काका परिपूरक रहेको उल्लेख गर्दै स्थिर र सुरक्षित वातावरणमा मात्र उद्योग, व्यवसाय र लगानी विस्तार हुन सक्ने चेम्बरको भनाइ छ। 

    प्रभावित व्यवसायहरूको पुनःस्थापना, समुदायबीच विश्वास पुनर्निर्माण तथा दीर्घकालीन शान्ति र समृद्धिका लागि आवश्यक सकारात्मक पहलमा निजी क्षेत्रले सरकार र सरोकारवालासँग सहकार्य गर्न तयार रहेको प्रतिबद्धता पनि चेम्बरले जनाएको छ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend