काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य बृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८ सय रुपैयाँले बढेको हो ।
अघिल्लो दिन २ लाख ८३ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले घटर बढेर २ लाख ८४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १० रुपैयाँले घटेको हो ।
बुधबार ४ हजार ३२० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले घटेर ४ हजार ३१० रुपैयाँमा कारोबार भइरहेको छ ।


