२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

दाङमा मलखाद बोकेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते


सञ्चार डबली
  • बिहीबार , साउन १४ २०८३
  • 2.2K
    SHARES

  • images
    दाङमा मलखाद बोकेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते

    काठमाडौं । दाङको गढवा गाउँपालिका–५ चिसापानीस्थित लमही–कोइलाबास सडकखण्डमा मलखाद बोकेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

    बुधबार साँझ करिब ५ बजे कोइलाबासबाट कपिलवस्तुतर्फ लिलाम प्रक्रियाबाट प्राप्त ४९ बोरा मलखाद बोकेर जाँदै गरेको लु २ च ९१३९ नम्बरको जीप अनियन्त्रित भई सडकको दायाँतर्फ पल्टिएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा गम्भीर घाइते भएका गढवा गाउँपालिका–६ गढवा बजारका २६ वर्षीय सागर कुमालको उपचारका क्रममा मृत्यु भएको हो । टाउकोमा गम्भीर चोट लागेका उनलाई प्रारम्भिक उपचारपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही लगिएको थियो ।

    दुर्घटनामा घाइते भएका अन्य तीन जनाको लमही अस्पतालमा उपचार गरिएको थियो । उनीहरूको अवस्था सामान्य रहेकाले उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend