२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

इनफिनिक्स नेपालको नयाँ अफर : ठूला फोन, सानो किस्ता


सञ्चार डबली
  • बिहीबार , साउन १४ २०८३
  • 1.9K
    SHARES

  • images
    इनफिनिक्स नेपालको नयाँ अफर : ठूला फोन, सानो किस्ता

    काठमाडौं । इनफिनिक्स नेपालले आफ्ना स्मार्टफोन किन्न चाहने ग्राहकका लागि ‘ठूला फोन, सानो किस्ता’ योजना ल्याएको छ । यस योजनाअन्तर्गत ग्राहकले शून्य प्रतिशत ब्याजदरमा १२ महिनासम्म किस्ताबन्दी गरेर स्मार्टफोन खरिद गर्न सक्नेछन् ।

    कम्पनीका अनुसार स्मार्टफोन किन्दा ४० प्रतिशत रकम सुरुमा तिर्नुपर्नेछ भने बाँकी रकम १२ महिनासम्म मासिक किस्तामा कुनै पनि ब्याज नतिरी तिर्न सकिनेछ । यो सुविधा गुडविल फाइनान्स लिमिटेडको सहकार्यमा उपलब्ध गराइएको हो ।

    यस योजनामा हट ७०, नोट एज, नोट ६०, नोट ६० प्रो र जिटी ३० प्रो सिरिजका स्मार्टफोन समावेश छन् । ग्राहकले आफ्नो बजेटअनुसार अग्रिम रकम तिरेर बाँकी रकम किस्तामा बुझाउन सक्नेछन् ।

    कम्पनीका अनुसार यो योजनाले एकैपटक ठूलो रकम तिर्नुपर्ने झन्झट हटाउने र आधुनिक प्रविधियुक्त स्मार्टफोन धेरै मानिसको पहुँचमा पुर्‍याउने उद्देश्य राखेको छ ।

    यो शून्य प्रतिशत ब्याजदरको किस्ता सुविधा नेपालभर रहेका इनफिनिक्सका आधिकारिक विक्रेता तथा सहभागी बिक्री केन्द्रबाट लिन सकिने कम्पनीले जनाएको छ ।

    कम्पनीका अनुसार यस योजनाले ग्राहकलाई आफ्नो आर्थिक क्षमताअनुसार भुक्तानी गर्दै नयाँ स्मार्टफोन प्रयोग गर्ने अवसर दिनेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend