२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

जमराको जुस पिउनुका अचुक फाईदाहरु


सञ्चार डबली
  • आइतबार, साउन २१ २०८०
  • 9.9K
    SHARES

  • images
    जमराको जुस पिउनुका अचुक फाईदाहरु

     


    काठमाडौं, २१ साउन । जमरा भन्ने बित्तिकै हाम्रो दिमागमा दशैँ याद आउँछ । दशैँमा टिका र मजरा कसालमा सिउरिने चलन छ । तर जमराको जुस जिउनु मानव स्वास्थ्य कालागि निकै लाभदायक हुन्छ । हिजो आज प्राय धेरै मानिसले जमराको जुस पिउने गर्दछन् ।

    यो सँगै नेपालमा पनि जमराको जुस पिउने चलन बढेको छ। जुस पिउँदा हुने फाइदा वा बेफाइदाबारे पनि बहस सुरू हुन थालेको छ। फाइबरयुक्त गुणका कारण पछिल्लो समय गहुँलाई स्वास्थ्यकर खानाका रुपमा लिइन्छ ।

    चिकित्सकहरुका अनुसार पोषकतत्वले भरिपूर्ण गहुँले मुटु रोग,पाचन प्रक्रिया, क्यान्सर तथा टाइप–२ मधुमेहको जोखिम कम गर्छ ।चिकित्सकहरुका अनुसार मानिसका लागि गहुँ जति स्वस्थकर छ, उमारेको गहुँबाट बनेको जुस त्योभन्दा धेरै फाइदाजनक छ । त्यसैले गहुँको जुस पृथ्वीकै सर्वोत्कृट स्वस्थ्यकर जुसमध्ये पर्छ ।पालमा गहुँ, जौ र मकै उमारेर बनाइने कलिला पहेँला पातलाई जमरा भन्ने बुझिन्छ। पहेँलो जमराको औषधीय गुणको बारेमा खास अनुसन्धान भएको छैन।

    हरियो जमरा ९ह्विट ग्रास० मा भारत र अमेरिकालगयातका देशमा वैज्ञानिक अनुसन्धान भएर यसका उपयोगिता प्रकाशित छन्। अनुसन्धानले प्रमाणित गरेको हुँदा अहिलेलाई हरियो जमराको जुस पिउनु राम्रो हुन्छ।पहेँलो जमरामा अनुसन्धान हुनु जरुरी छ।

    हरियो जमराको जुसलाई हरियो रगत पनि भनिन्छ। किनकी यसले शरीरमा रगत बढाउँछ, जसले गर्दा रक्तअल्पता भएका बिरामीहरूलाई निकै फलदायी हुन्छ।हरियो जमराको जुसमा मानव शरीरलाई चहिने प्रायस्जसो खनिज र भिटामिन ए, बि, सी, ई पाइन्छ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend