२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

एनएमबि बैंकले ल्यायो सातै प्रदेशका लागि ‘प्रदेश बचत खाता’, पहिलो वर्ष मोबाइल बैंकिङदेखि डिम्याटसम्म निःशुल्क


सञ्चार डबली
  • मंगलबार, साउन ५ २०८३
  • 1.1K
    SHARES

  • images
    एनएमबि बैंकले ल्यायो सातै प्रदेशका लागि ‘प्रदेश बचत खाता’, पहिलो वर्ष मोबाइल बैंकिङदेखि डिम्याटसम्म निःशुल्क

    काठमाडौँ / एनएमबि बैंक लिमिटेडले देशका सातै प्रदेशका ग्राहकलाई लक्षित गर्दै ‘प्रदेश बचत खाता’ योजना सार्वजनिक गरेको छ। स्थानीय पहिचान र विभिन्न प्रदेशका ग्राहकको वित्तीय आवश्यकतालाई ध्यानमा राखेर बैंकले नयाँ बचत योजना सञ्चालनमा ल्याएको जनाएको छ।

    बैंकले सातै प्रदेशका लागि छुट्टाछुट्टै नाममा बचत खाता सञ्चालन गरेको छ। जसअन्तर्गत कोशी प्रदेशका लागि ‘कोशी बचत खाता’, मधेस प्रदेशका लागि ‘मिथिला बचत खाता’, बागमती प्रदेशका लागि ‘बागमती बचत खाता’, गण्डकी प्रदेशका लागि ‘फेवा बचत खाता’, लुम्बिनी प्रदेशका लागि ‘बुद्ध भूमि बचत खाता’, कर्णाली प्रदेशका लागि ‘रारा बचत खाता’ तथा सुदूरपश्चिम प्रदेशका लागि ‘खप्तड बचत खाता’ सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ।

    डिजिटल बैंकिङ र बचत संस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्यले ल्याइएको यस योजनाअन्तर्गत ग्राहकले पहिलो वर्ष निःशुल्क मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र भिसा डेबिट कार्ड सुविधा प्राप्त गर्नेछन्। 

    साथै, पहिलो वर्षका लागि डिम्याट र मेरोसेयर खाता दर्ता पनि निःशुल्क उपलब्ध गराइने बैंकले जनाएको छ। यसबाहेक योजनामा अन्य थप आकर्षक सुविधासमेत समावेश गरिएको बैंकको भनाइ छ।

    बैंकका अनुसार ‘प्रदेश बचत खाता’ मार्फत देशभर सहज, आधुनिक तथा डिजिटल बैंकिङ सेवा विस्तार गर्ने लक्ष्यलाई थप सुदृढ बनाइनेछ।

    हाल एनएमबि बैंकले देशभर १९८ शाखा, १७६ एटीएम तथा ९ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend