२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

विनिमयदरः अमेरिकी डलरको भाउ बढ्यो, युरो घट्यो


सञ्चार डबली
  • बिहीबार , वैशाख ७ २०८०
  • 8.8K
    SHARES

  • images
    विनिमयदरः अमेरिकी डलरको भाउ बढ्यो, युरो घट्यो


    काठमाडौं, बैशाख ७ गते ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ  । लगातार चार दिनदेखि स्थिर रहेको अमेरिकी डलरको भाउ दुइदिन यता बढेको छ । आज डलरमा ३० पैसाले वृद्धि भएको छ । यसअघि बुधबार ११ पैसाले डलरमा वृदी भएको थियो । आज  एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ २७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ८७ पैसा कायम गरिएको छ । यसअघि बुधबार उक्त डलरको खरिदमूल्य १३० रुपैयाँ ९७ पैसा र बिक्रीमूल्य १३१ रुपैयाँ ५७ पैसा कायमम गरिएको थियो । 

     नेपाल राष्ट्र बैंकका अनुसार आज युरोपियन युरो १८ पैसाले घटेको छ । बिशीबार युरो एकको खरिददर १४३ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४४ रुपैयाँ १३ पैसा कायम गरिएको छ। बुधबार युरो एकको खरिदमूल्य १४३ रुपैयाँ ६६ पैसा र बिक्रीमूल्य १४४ रुपैयाँ ३२ पैसा कायम गरिएको थियो।  

     आज बेलायती पाउण्ड स्टर्लिङ बढेको छ। यसको खरिददर १६२ रुपैयाँ ७९ पैसा र बिक्रीदर १६३ रुपैयाँ ५४ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ७ पैसाले घटेको हो । बुधबार यसको खरिदमूल्य १६२ रुपैयाँ ८६ पैसा र बिक्री मूल्य १६३ रुपैयाँ ६१ पैसामा कारोबार भएको थियो । 

    त्यसैगरी, आज अष्ट्रेलियन डलरको एकको खरिदमा ८७ रुपैयाँ ९१ पैसा र बिक्रीमा ८८ रुपैयाँ ३१ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ६५ पैसा र बिक्रीमा ९८ रुपैयाँ ९ पैसा कायम भएको छ भने कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ९८ पैसा र बिक्रीमा ३६ रुपैयाँ १५ पैसा कायम गरिएको छ । 

     आज साउदी अरेबियन एकको खरिददर ३५ रुपैयाँ र बिक्रीदर ३५ रुपैयाँ १६ पैसा, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ७४ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९१ पैसा र मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ५५ पैसा र बिक्रीदर २९ रुपैयाँ ६९ पैसामा पाइनेछ । 

    कुवेती दिनार एकको खरिदमा आज ४२८ रुपैयाँ ९ पैसा र बिक्रीमा ४३० रुपैयाँ ५ पैसा पाइन्छ भने आज बहराइन दिनार एकको खरिददर ३४८ रुपैयाँ २१ पैसा र बिक्रीदर ३४९ रुपैयाँ ८० पैसा तोकिएको छ।
     

  • सम्बन्धित विषय:

  • # विनिमयदरः
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend