२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि


सञ्चार डबली
  • सोमबार, साउन ४ २०८३
  • 1.6K
    SHARES

  • डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

    काठमाडौँ । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई रोमान्चक भिडन्तमा १-० गोल अन्तरले पराजित गर्दै स्पेनले फिफा विश्वकप २०२६ को उपाधि आफ्नो नाममा लेखाएको छ । यो जितसँगै स्पेनले १६ वर्षपछि दोस्रो पटक विश्वकपको सुनौलो ट्रफी उचाल्न सफल भएको हो । यसअघि सन् २०१० मा नेदरल्यान्ड्सलाई पराजित गर्दै स्पेनले पहिलो पटक विश्वकप जितेको थियो ।

    अमेरिकाको न्युजर्सीस्थित मेटलाइफ रङ्गशालामा भएको खेलको निर्धारित ९० मिनेटसम्म दुवै टोलीबाट कुनै गोल हुन नसकेपछि खेल ३० मिनेटको अतिरिक्त समयमा धकेलिएको थियो । अर्जेन्टिनाका मिडफिल्डर इन्जो फर्नान्डिजले दुईवटा पहेँलो कार्ड (रातो कार्ड) पाएपछि अर्जेन्टिना १० खेलाडीमा सीमित बनेको थियो ।

    १० खेलाडीमा समेटिएको अर्जेन्टिनामाथि लगातार दबाब बनाएको स्पेनका लागि अतिरिक्त समयको ११६औँ मिनेटमा फरान टोरेसले निर्णायक गोल गरे। निको विलियम्सको उत्कृष्ट पासलाई सदुपयोग गर्दै टोरेसले बललाई जाली चुमाएका थिए । त्यसअघि अर्जेन्टिनाका गोलरक्षक इमिलियानो मार्टिनेजले स्पेनका दर्जनौँ उत्कृष्ट प्रहारहरूलाई विफल पारिदिएका थिए ।

    खेलभरि स्पेनको स्पष्ट दबदबा रह्यो। स्पेनले गोलका लागि २० वटा प्रयास गर्दा १२ वटा प्रहार पोस्टको दिशामा (अन सट टार्गेट) हानेको थियो । अर्कातर्फ स्पेनको कडा रक्षापङ्क्तिका अगाडि अर्जेन्टिना पूर्ण रूपमा निसहाय बन्यो; उसले खेलभरि गोलका लागि एउटा पनि प्रयास गर्न सकेन र कुनै पनि प्रहार अन सट टार्गेटमा पर्न सकेन ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend