२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

विश्वकप लिग-२: जित्नैपर्ने दबाबमा रहेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै


सञ्चार डबली
  • बिहीबार , साउन ७ २०८३
  • 3.6K
    SHARES

  • विश्वकप लिग-२: जित्नैपर्ने दबाबमा रहेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै

    काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा पहिलो जितको खोजीमा रहेको नेपालले आज नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ ।

    पहिलो खेलमा नामिबियासँग आठ विकेटले पराजित भएको नेपालले दोस्रो खेल आज आयोजक नेदरल्यान्डससँग खेल्न लागेको हो । नेपाल र नेदरल्यान्ड्सको खेल नेपाली समय अनुसार दिउँसो २ : ४५ बजे सुरु हुनेछ । यो खेल नेदरल्यान्ड्सको उट्रेख्त सहरको मैदानमा सुरु हुनेछ । पहिलो खेलमा नामिबियासँग पराजित भएको नेपाल आजको खेल जित्नै पर्ने दबाबमा छ ।

    विश्वकप लिग– को अर्को खेलमा जुलाई २७ मा नेपालले पुनः नामिबियासँग र जुलाई २९ मा नेदरल्यान्ड्सविरुद्ध खेल्नेछ ।

    हालसम्म लिग–२ मा २९ खेलबाट २४ अंक जोडेको नेपाल अंक तालिकाको पाँचौँ स्थानमा छ । समान २९ खेल खेलेको नामिबियालेसमेत २४ अंक बनाएको छ । रनरेटका आधारमा नामिबिया तालिकाको छैटौँ स्थानमा छ । २८ खेल खेलेको नेदरल्यान्ड्स ३२ अंकसहित तेस्रो स्थानमा छ ।

    शीर्ष स्थानको अमेरिकाले ४३ र दोस्रो स्थानको स्कटल्यान्डले ३८ अंक जोड्दा ओमान ३१ अंकसहित चौथो स्थानमा छ । ओमानलाई पछाडि पार्न नेपालले अब कम्तिमा चार खेल जित्नुपर्छ । क्यानडा २४ अंकसहित सातौँ स्थानमा छ भने १४ अंक बनाएको युएई पुछारमा छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend