२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

दुसित थानी रिसोर्टबाट काठमाडौं फर्किए रवि - वाग्ले


सञ्चार डबली
  • आइतबार, साउन ३ २०८३
  • 2.0K
    SHARES

  • दुसित थानी रिसोर्टबाट काठमाडौं फर्किए रवि - वाग्ले

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काभ्रेपलाञ्चोकस्थित दुसित थानी रिसोर्टबाट काठमाडौं फर्किएका छन्।

    शनिबार पत्नी निकितासहित रिसोर्ट पुगेका लामिछाने केहीबेरअघि त्यहाँबाट काठमाडौंका लागि प्रस्थान गरेको सुरक्षा स्रोतले जनाएको छ। अर्थमन्त्री तथा रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्ले भने केहीबेरपछि फर्किने बताइएको छ।

    वाग्ले शनिबार दिउँसो करिब ३ बजे रिसोर्ट पुगेका थिए भने लामिछाने पत्नीसहित पुगेका थिए। उनीहरू वाग्लेकै लगानी रहेको भिल्लामा बसेका थिए।

    पछिल्लो समय सरकार र पार्टीबीचको तालमेलबारे विभिन्न चर्चा भइरहेका बेला रास्वपाका शीर्ष दुई नेताबीच भएको यो भेटलाई राजनीतिक रूपमा अर्थपूर्ण रूपमा हेरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend