२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

लक्ष्मी ग्रुपले नेपाल ल्याउँदै जेटोर, नाइमा मोबिलिटी एक्सपोबाट औपचारिक लन्च गर्ने


सञ्चार डबली
  • आइतबार, साउन ३ २०८३
  • 1.9K
    SHARES

  • लक्ष्मी ग्रुपले नेपाल ल्याउँदै जेटोर, नाइमा मोबिलिटी एक्सपोबाट औपचारिक लन्च गर्ने

    काठमाडौं– चिनियाँ अटोमोबाइल निर्माता चेरी होल्डिङ ग्रुपअन्तर्गतको प्रिमियम एसयूभी ब्रान्ड जेटोर अब नेपाली बजारमा प्रवेश गर्ने भएको छ । यसअघि सीजी ग्रुपसँग भएको सम्झौता कार्यान्वयनमा नआएपछि अब लक्ष्मी ग्रुपले उक्त ब्रान्ड नेपाल भित्र्याउन लागेको हो ।

    लक्ष्मी ग्रुपले आगामी साउन २६ गतेदेखि भृकुटीमण्डपमा आयोजना हुने नाइमा मोबिलिटी एक्सपोमा जेटोरको औपचारिक लन्च गर्ने तयारी गरेको छ ।

    करीब डेढ वर्षअघि सीजी ग्रुपले जेटोर नेपाल ल्याउने सम्झौता गरे पनि विभिन्न कारणले योजना अघि बढ्न सकेको थिएन । त्यसपछि ब्रान्डको आधिकारिक वितरण अधिकार लक्ष्मी ग्रुपले प्राप्त गरेको हो ।

    जेटोरले विश्व बजारमा एक्स५०, एक्स७०, एक्स९० र टी२ लगायतका एसयूभी मोडल बिक्री गर्दै आएको छ । नेपालमा कुन मोडल पहिलो चरणमा ल्याइने भन्नेबारे कम्पनीले औपचारिक जानकारी दिएको छैन । यद्यपि नेपाली सडक र भौगोलिक अवस्थालाई ध्यानमा राख्दै अफरोड क्षमतायुक्त टी२ मोडल भित्रिन सक्ने अनुमान गरिएको छ ।

    नेपालको पहाडी तथा ग्रामीण सडकलाई मध्यनजर गर्दा जेटोरका एसयूभी उपयुक्त विकल्प बन्न सक्ने देखिन्छ । उच्च ग्राउन्ड क्लियरेन्स, मस्कुलर डिजाइन, फराकिलो क्याबिन र आधुनिक हाइब्रिड पावरट्रेन जस्ता विशेषताले यसलाई एसयूभी पारखीका लागि आकर्षक बनाउन सक्छ ।

    यद्यपि नेपाली बजारमा जेटोरका लागि चुनौती पनि कम छैन। विद्युतीय सवारीसाधनको बजार तीव्र रूपमा विस्तार भइरहेका बेला पेट्रोल, हाइब्रिड तथा प्लग–इन हाइब्रिड एसयूभीमा लाग्ने तुलनात्मक रूपमा उच्च करले मूल्य प्रतिस्पर्धामा असर पार्न सक्छ ।

    यससँगै ब्रान्डको सफलता स्थानीय वितरकको सेवा क्षमता, स्पेयर पाट्र्सको सहज उपलब्धता, बिक्रीपछिको सेवा र ग्राहक अनुभवमा पनि निर्भर रहनेछ । यी पक्ष सुदृढ बनाउन सके जेटोर नेपाली एसयूभी बजारमा बलियो प्रतिस्पर्धी बन्न सक्ने सम्भावना रहेको छ ।

    सन् २०१८ मा स्थापना भएको जेटोर चेरी होल्डिङ ग्रुपअन्तर्गतको ब्रान्ड हो। ‘जेट’ र ‘टुर’ शब्दबाट बनेको यसको नामले सहज, आरामदायी र रमाइलो यात्राको अवधारणालाई प्रतिनिधित्व गर्छ । कम्पनीले मुख्यतः एसयूभी र क्रसओभर मोडल उत्पादन गर्दै आएको छ भने पछिल्ला वर्षहरूमा अफरोड शैलीका ठूला एसयूभी र प्लग–इन हाइब्रिड सवारीमा लगानी बढाएको छ ।

    स्थापनाको छोटो अवधिमै जेटोरले विश्वका ७० भन्दा बढी देशमा आफ्नो उपस्थिति विस्तार गरिसकेको छ । मध्यपूर्व, अफ्रिका, दक्षिण अमेरिका तथा एसियाका विभिन्न बजारमा यसको उल्लेख्य उपस्थिति रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend