काठमाडौं । नेपाली कांग्रेसले बागमती प्रदेश सरकारसँगको सहकार्य अन्त्य गर्ने निर्णय गरेपछि नेकपा एमालेले पनि सरकार छाड्ने भएको छ ।
एमाले केन्द्रीय नेतृत्वको निर्देशनपछि बागमती प्रदेश सरकारमा सहभागी आफ्ना मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिइएको हो ।
कांग्रेसले सत्ता सहकार्य तोड्ने निर्णय गरेसँगै एमालेले पनि सरकारमा रहिरहनुको औचित्य नरहेको निष्कर्ष निकालेको जनाएको छ ।
हाल बागमती प्रदेश सरकारमा एमालेका ६ जना मन्त्री सहभागी छन् ।
दुई ठूला दलबीचको सहकार्य अन्त्य भएसँगै बागमती प्रदेशको राजनीतिक समीकरणमा फेरबदल आउने देखिएको छ । सरकारको आगामी स्वरूप र नयाँ गठबन्धनबारे चासो बढेको छ ।

