२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

स्पेनका स्टार लामिन यामालको घरमा चोरीको प्रयास


सञ्चार डबली
  • बिहीबार , असार ३२ २०८३
  • 9.1K
    SHARES

  • स्पेनका स्टार लामिन यामालको घरमा चोरीको प्रयास

    काठमाडौं । युवा फुटबल स्टार लामिन यामालले स्पेनलाई दोस्रोपटक फिफा विश्वकपको फाइनलमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको केही समयपछि बार्सिलोनास्थित उनको घरमा चोरीको प्रयास भएको छ ।

    बार्सिलोनाको बाहिरी क्षेत्रमा पर्ने एस्प्लुगेस डे ल्लोब्रेगाटस्थित एउटा घरमा चोरीको प्रयास भएको काटालोनिया क्षेत्रीय प्रहरीका एक प्रवक्ताले पुष्टि गरेका छन् ।

    गोपनीयताका कारण प्रहरीले घरधनीको नाम सार्वजनिक गरेको छैन । तर, बार्सिलोनाको दैनिक पत्रिका ला भानगार्डियाले उक्त घर यामालको भएको उल्लेख गरेको अलजजिराले जनाएको छ ।

    टाउको र अनुहार ढाक्ने बालाक्लाभा लगाएका दुई व्यक्ति घरको पर्खाल नाघेर भित्र पस्ने प्रयास गरेका थिए । तर, निजी सुरक्षा गार्डले देखेपछि उनीहरू घटनास्थलबाट फरार भएका जनाइएको छ ।

    ला भानगार्डियाका अनुसार, उक्त घर पहिले बार्सिलोनाका पूर्वरक्षक जेरार्ड पिके र उनकी पूर्वपत्नी तथा कोलम्बियन गायिका साकिराको स्वामित्वमा रहेकाले पनि चर्चित छ ।

    यो घटना बुधबार बिहान भएको हो । त्यसको केही समयअघि मात्र स्पेनले अमेरिकाको टेक्सासमा भएको विश्वकप सेमिफाइनलमा फ्रान्सलाई २–० ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको थियो ।

    हालका वर्षमा स्पेनका अरू चर्चित फुटबलर पनि चोरीको घटनाबाट प्रभावित भएका छन् । रियल म्याड्रिडका करिम बेन्जेमा, रोड्रिगो र ड्यानी कार्भाहालका घरमा पनि यसअघि चोरीका घटना सार्वजनिक भएको थियो ।

    यसपालि विश्वकपको फाइनलमा स्पेनले आइतबार अर्जेन्टिनासँग उपाधिका निम्ति प्रतिस्पर्धा गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend