२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

कर्णालीमा कांग्रेसका चार मन्त्रीले दिए सामुहिक राजीनामा


सञ्चार डबली
  • बुधबार, असार ३१ २०८३
  • 1.4K
    SHARES

  • कर्णालीमा कांग्रेसका चार मन्त्रीले दिए सामुहिक राजीनामा

    सुर्खेत । कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका चार जना मन्त्रीले राजीनामा दिएका छन् । 

    बुधबार बिहान बसेको मन्त्रिपरिषद बैठकमा कांग्रेसका तर्फबाट सहभागी चारै जना मन्त्रीले सामुहिक राजीनामा बुझाएका हुन् ।

    प्रदेश सरकारमा सहभागी आर्थिक मामिला तथा योजनामन्त्री राजीवबिक्रम शाह, सामाजिक विकासमन्त्री घनश्याम भण्डारी, जलस्रोत तथा उर्जा मन्त्री बिजया बुढा र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले सयुक्त रुपमा राजीनामा दिएका हुन् ।

    प्रदेशमा सरकारको नेतृत्व परिवर्तनको चर्चा चलिरहेका बेला काँग्रेसका मन्त्रीहरुले राजीनामा दिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend